पितृसत्तात्मक समाज र गोत्र बिज्ञान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वैवाहिक पद्धतिलाई मुख्यत दुइ प्रकारले हेर्न सकिन्छ । पितृ सत्तात्मक र मातृ सत्तात्मक | यी दुबै प्रकारका प्रणाली अर्थात पिताको वंशलाई अघि बढाउने पारिवारीक प्रक्रिया र माताको वंशलाई अघी बढाउने प्रक्रिया समाजमा विद्यमान छन् । चाहे जुन पद्दति वा जसको प्रधानतालाई अपनाए पनि वैदिक संस्कार अनुरुपको गोत्र आधारित पितृ सत्तात्मक प्रणालीको धार्मिक एवं बैज्ञानिक महत्व रहेको पाइन्छ र बहुसंख्यक वैदिक धर्मावलम्बी हरु  पितृसत्तात्कम सामाजिक प्रणालीको अनुशरण पनि गर्दै आइरहेका छन् । यसप्रकारको पितृसत्तात्मक पद्धतिमा विवाह गरेर घर भित्रिने महिलाको गोत्र स्वतः परिवर्तन भइ पतिको गोत्र धारण गर्दछन् भने पिताको गोत्र परित्याग गर्दछन् । यो वैदिक गोत्रीय पद्दतिको बैज्ञानिक एवं ब्येबाहारिक पक्षलाइ अनदेखा गर्दै केहि अपठित- अल्पज्ञहरुले समानता र महिला हकको नाम दिएर यो प्रणाली लाइ जरैदेखि निमिटयान्न पार्न ठुलो कुचेष्टा पनि गर्दै आइरहेको हामी देख्न सक्छौ |

गोत्र वैदिक समाजमा व्याक्ति पहिचानको मुख्य आधार हो । गोत्र, शाखा, सूत्र र प्रवर विना आर्य  समाजमा व्यक्ती पहिचान गर्न असम्भव छ । वैदिक समाजमा विवाह, व्रतवन्ध, जन्मकर्म देखी मृत्युकर्मसम्म सबै संस्कारहरु गोत्रकै आधारमा गरिने हुँदा गोत्र विना व्यक्तिहरु जरा बिनाका साखा (वृक्ष) हुन जान्छन् । सार रुपमा भन्नु पर्दा गोत्र मान्छेको आधारभुत पहिचान हो । तर वर्तमान समाजमा हामीलाई  गोत्र, शाखा, प्रवर, सूत्र आदीको कुनै आवस्यकता छैन मानिसको जात पुरुष र महिला मात्र हुन् बाँकी सबै अनावश्यक हुन् भन्ने भ्रम मौलाउदै गएको पाइन्छ ।

गोत्रले वैवाहिक जीवनमा पनि ठुलो अर्थ राख्दछ । वैदिक सनातनी शास्त्रीय मान्यता अनुसार एकै गोत्रबाट उत्पन्न भएका केटा र केटीबीच वैवाहिक सम्बन्ध गर्नहुन्न । शास्त्रमा स-गोत्री शब्दको प्रयोग गरिएको छ । यस शब्दको वर्ण विन्यास गर्दा स+गोत्री हुन्छ । त्यसैले एकै गोत्रीहरूबीच विवाह गर्नु भनेको एउटै पुर्खा का सन्तान बीच विवाह गर्नु जस्तै हो ।

आधुनिक गर्भ विज्ञानले गोत्र प्रणाली र यसको आवस्यकतालाई प्रमाणित गरिदिएको छ । प्राचीनकालदेखि नै गोत्र, प्रवर प्रणाली विकास गर्नुमा अत्यन्त वैज्ञानिक आधार रहेको देखिन्छ । मानव जन्म प्रकृयाको वैज्ञानिक आधार क्रोमोजोम र जिनमा आधारित रहेर यो प्रणालीको विकास गरेको देखिन्छ । वास्तवमा गोत्र मात्र हैन कुनै दुई व्यक्तिको प्रवर मात्र मिलेमा पनि विवाह निषेध गरिएको छ । किनकी हरेक प्रवर र गोत्र एक आपसमा अन्तर सम्वन्धित छन् । तसर्थ तिनका सन्ततिवीच विवाह गर्नु एउटै कुलका कन्या र पुरुष विचको विवाह जस्तै हुन्छ । यही कारणले गर्दा सगोत्री भित्र वा एकै प्रवर भएका गोत्रीविचको विवाह वर्जित गरिएको हो । सगोत्री विवाह वर्जित गरिनुमा अत्यन्त वैज्ञानिक कारण छ । हजारौं वर्ष पहिले ऋषिमुनीहरूले यस कारणलाई सही ढङ्गले बुझेर यो प्रणाली लागु गरेको कुरालाई वर्तमानको आधुनिक जीव विज्ञानले प्रमाणित गरिदिएको छ ।

वर्तमान जीव विज्ञान तथा गर्भ विज्ञान अनुसार स्त्री गर्भमा मानव शरिरको विकास दुइटा कोष बाट सुरू हुन्छ । एक कोषमा २३ जोडी क्रोमोजोम हुन्छन् ति मध्य एक कोष आमाबाट र एक कोष बुवाबाट आएका हुन्छन् | हाम्रो शरिरमा जम्मा ४६ वटा क्रोमोजोम हुन्छन् । ति ४६ वटा क्रोमोजोम (२३ जोडी क्रोमोजोम) मध्य एक जोडी क्रोमोजोमलाई लैङ्गिक क्रोमोजोम (allosome or hetrochromosome) भनिन्छ । त्यही एक जोडी क्रोमोजोमले व्याक्तिको लिङ्ग निर्धारण गर्दछ । यो वैज्ञानिक आधार अनुसार Y क्रोमोजोम केवल पुरुषमा मात्र हुन्छ । सन्तान उत्पादनमा Y क्रोमोजोमबाट छोराको जन्म हुन्छ । छोरा जन्मनुमा उसको पिताको मुख्य भूमिका हुन्छ, निर्णायक हुन्छ । पिताको Y क्रोमोजोम विना छोराको जन्म असम्भव छ । छोरी जन्मनुको निमित्त पिताको X क्रोमोजोम र आमाको X क्रोमोजोम मिल्नुपर्ने हुन्छ । जबकी छोरा जन्मनको निमित्त पिताको Y क्रोमोजोम र माताको X क्रोमोजोम मिल्न आवस्यक हुन्छ । स्त्रीमा केवल X क्रोमोजोम मात्र हुन्छ Y क्रोमोजोम हुँदैन । तसर्थ बाबुको Y क्रमशः पिताबाट छोरा, नाति, पनातिमा हुँदै एवं रितले अघी बढ्छ । जबकी महिलाको X क्रोमोजोम र पुरुषको X क्रोमोजोम मिलेर जन्मेकी छोरी अर्कै पुरूषसँग विवाह हुँदा उसको X क्रोमोजोम अन्य वंशसँग मिल्दै जान्छ र पितातर्फको X क्रोमोजोमको अस्तित्व समाप्त हुँदै जान्छ । तर पुरूषको Y क्रोमोजोम कसैसँग घुलमिल नभइ अनवरत रुपमा अघी बढ्छ । पुरूषको वंश वा जिन Y क्रोमोजोम आफ्नो पुर्खाकोमात्र हुने हुँदा नवजात पुरुषको गोत्र उसको पिताको गोत्र कायम रहन्छ भने महिलाको गोत्र विवाह पछी उसको श्रीमानको गोत्रमा परिणत हुन्छ किनभने त्यस महिलाबाट जन्मिने पुत्रको Y क्रोमोजोम अथवा मुख्य जीन वा वंश उसको पतिको हुनेहुदा त्यो महिलाको गोत्र पनि उसको श्रीमानको गोत्रमा विलय भएर जान्छ । यसबाट के बुझ्न सकिन्छ भने स्त्रीले आफ्नो जन्मको वंशको जीन बोक्दैनन् जबकी पुरुषले आफ्नो हजारौं वर्ष पुरानो पुर्खाको Y क्रोमोजोम बोक्दै आइरहेको हुन्छ । त्यस कारण पुरुषलाई वैदिक शास्त्रहरुमा वंशको प्रतिनिधी मानीयको हो । गोत्र प्रणालीको विकासको मुल कारण Y क्रोमोजोमको पहिचान गर्दै युगौं युगसम्म आफ्ना भाइवन्धुहरूको पहिचान कायम राख्नु थियो तसर्थ गोत्र प्रणाली नितान्त जीव विज्ञान र गर्भ विज्ञानमा आधारित छ ।

सगोत्री विवाह निशेध गर्नुका पछाडी पनि माथी उल्लेखित कारण मुख्य हो । यदी एउटै गोत्रका पुरुष र महिलावीच विवाह भएमा त्यही वंशको Y क्रोमोजोमबाट सन्तान जन्मदा त्यो बालक त्यो स्त्रीको पिताको वंश समान हुन जान्छ, किनकी त्यस बालकको Y क्रोमोजोम र त्यस स्त्रीको पिताको Y क्रोमोजोम एउटै हुन्छ । सगोत्रीसँग विवाह भनेको एउटै गर्भका भाइ र बहिनीवीचको विवाह सम्बन्ध जस्तो हुन जान्छ । यस्तो हुन गए गम्भिर जैविक असर उत्पन्न हुन्छ भनि जिव बैज्ञानिकहरूले भनेका छन् । सन् २००८मा अक्सफोर्ड बिश्वोविद्यालय ले एक अनुसन्धान पत्र वायो न्युज मा प्रकाशित गर्दै एउटै बंशमा  विवाह हुँदा वा केटी र केटाको जीन एउटै हुँदा त्यसबाट जन्मिने सन्तानमा केही जैविक कमि, अनावश्यक म्युटेशन वा शारिरिक तथा मानसिक विचलन जस्तो समस्या उत्पन्न हुन सक्ने सम्भावना रहने कुरा प्रष्ट परेको छ । भिक्टोरियन क्लिनिकल जेनेटिक्स ल्याब ले गरेको परिक्षेण अनुसार एकै वंशको बैबाहिक सम्बन्ध बाट जन्मेका सन्तानमा cystic fibrosis, thalassaemia, spinal muscular atrophy लगयातका रोगको जोखिम अन्यमा भन्दा २७ प्रतिशतले बढी हुन्छ | यस कारणले सगोत्री विवाह हुँदा वंशको कुल बिग्रन्छ भन्ने वैदिक प्रचलन वैज्ञानिक वास्तविकतामा आधारित रहेको कुरा स्वोत सिद्ध हुन्छ । जीववैज्ञानिक हरूका मतअनुसार Y क्रोमोजोम लाखौं वर्षसम्म पनि परिवर्तन नहुने र एउटै रुपमा रहि रहने हुँदा त्यसको सहि उर्वरा शक्ति हाँसिल गर्न फरक वंशको X क्रोमोजोम आवस्यक हुन्छ । Y क्रोमोजोम आफ्नै वंशको X क्रोमोजोमसँग मिल्दा त्यसको सही विकास नहुने र सन्तानमा शारिरिक तथा मानसिक विचलन उत्पन्न हुने प्रवल सम्भावना रहने हुनाले विवाह फरक वंशसँग गर्दा मात्र X र Y क्रोमोजोमको सही ढङ्गले विकास हुन पाउँछ । तसर्थ अहिले वैज्ञानिक रुपले पुष्टी भएको सगोत्री विवाह गर्न नहुने विषय हजारौं वर्ष पहिले ऋषिमुनीहरूले थाह पाइ सोही अनुरुपको सामाजिक परम्परा बसालेको देखिन्छ । यी यावत उदहारण हेर्दा वास्तवमा हाम्रो वैदिक परम्परा, धर्म, संस्कृति, रितिरिवाज आदी अत्यन्त वैज्ञानिक आधारमा आधारित रही प्रचलनमा ल्याइएको देखिन्छ । वेद नै ज्ञान, बिज्ञान र प्रज्ञानको स्रोत र व्याख्याता पनि हो भन्ने कुरा प्रष्ट हुन्छ |

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद श्रीवास कृष्ण दास ब्रह्मचारी

प्रचारक, लेखक, अनुशन्धानकर्ता

सस्थापक / कुलपति : Jagannath Foundation , Sri Rupanuga Para Vidyapeeth 

सस्थापक : Jagannath Foods and Beverage Industries , Green Smile Store