धर्म ५ : इशाई मत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भविष्य पुराणको प्रतिसर्ग पर्व अन्तर्गत दोस्रो अध्याय को २२ औँ श्लोकदेखि ३२ औँ श्लोकसम्म इसाई मत तथा (इशा मसिह) Jesus Christ को बारेमा र इशाको जन्म, कर्म र उपदेश आदिको बारेमा उल्लेख छ ।
हुण देशस्य मध्ये वै गिरिस्थं पुरुषं शुभम् ।
ददर्श बलवान्राजा गौराङ्ग श्वेतवस्त्रकम् ।।२२
को भवानिति तं प्राह स होवाच मुदान्वित ः
इसापुत्रं च मां विद्धि कुमारी गर्भसंभम् ।। २३
एक समय विक्रिमादित्यका नाति राजा शालिवाहन हिमालयको यात्रा गर्दै गर्दा हुण प्रदेशको करिव मध्य स्थानमा एक पर्वतमा अनेक शुभ चिन्हले शुशोभित गौर वर्ण युक्त सेतो वस्त्रमा सुसज्जित एक पुरुषको दर्शन भयो । राजाले हजुरको हुनुुहुन्छ ? भनि प्रश्न सोध्दा प्रशन्न हुँदै उक्त पुरुषले उत्तर दिए । “म ईशा पुत्र हुँ । मेरो जन्म कुमारीको गर्भबाट भएको हो”
“ म्लेच्छधर्मस्य वक्तांर सत्यव्रत परायणम्”
म म्लेच्छाधर्मको प्रवर्तक–प्रचारक हुँ र म सत्य व्रत परायण छु ।
इति श्रुत्वा नृपः प्राह धर्मः को भवतो मतः
यति सुनिसकेपछि राजाले प्रश्न गर्छन् “धर्मको विषयमा हजुरको मत के हो ? ”
श्रृत्वोवाच महाराज प्राप्ते सत्यतस्य संक्षये
निर्मर्यादे म्लेच्छदेशे मसीहोक्हं समागत ः ।।२५।।
हे महाराजा ! यी म्लेच्छेवंशमा जो सत्यहीन एवं मर्यादा विहिन छन् तिनका लागि म मसिहा भएर आएको छु ।
म्लेच्छेषु स्थापितो धर्मो मया तच्छृणु भूपते
मानसं निर्मलं कृत्वा मलं देहे शुभाशूभंय ।।२७।।
मैले जो म्लेच्छे धर्म स्थापना गरेको छु, त्यस सम्बन्धमा सुन्नुहवस् । देहमा स्थित शुभाशुभ रुपि मलग्रस्त मनलाई निर्मल गरेर सत्य एवं न्यायलाई अपनाई निर्मल परमेशको ध्यान पूजा गर्नुपर्दछ ।
उपरोक्त श्लोक आदिबाट के बुझ्न सकिन्छ भने जिशस क्राइस्ट सत्यहीन र मर्यादा विहिनहरूलाई सत्य र मर्यादा सिकाउन आएका थिए । स्वयं वाइवलमा पनि जिससले कतै आफ्नो पूजा गर्न भनेका छैनन् उपरोक्त श्लोकमा जे बोलेका छन् वाइवलमा पनि (honor thy father, sing the glory of thy father) आदि जस्ता उद्गार मार्फत् उनका पिता परम परमेश्वर श्री हरिकै पूजा गर्नु, ध्यान गर्नु र श्री नाम जप्नु भनी उपदेश दिएका छन् ।
यहाँ प्रश्न आउन सक्छ म्लेच्छे भनेर कसलाई चिन्ने त ? यस सम्बन्धमा वैदिक स्रोतहरुले थप प्रष्ट पार्दै यस प्रकार भनेकाछन् ।
आदमो नाम पुरुषः पत्नि हव्यवती तथा ।।
विष्णुकर्दमतो जातौ म्लेच्छवंश प्रवर्धनौ ।।
प्रतिसगंपर्व–४.१८.१९
भगवान् श्री हरि स्वयंले कलिलाई विष्णु कर्दम मुनिबाट आदम र हव्यवति नाम गरेका म्लेच्छे वंशका प्रवर्तक जन्मने कुरा बताउनु भयो ।
द्विशताष्टसहस्रे द्वे शेषे तु द्वापरे युगे ।
म्लेच्छदेशस्य या भूमिर्भबिता कीर्तिमालिनी ।। २८
इन्द्रियाणि दमित्वा यो ह्यात्मध्यानपरायण ः ।
तस्मादादमनामासौ पत्नी हव्यवती स्मृता ।। २९
प्रदाननगरस्यैव पूर्वभागे महावनम् ।
ईश्वरेण कृतं रम्यं चतुः क्रो शायतं स्मृतम् ।। ३०
पापवृक्षतले गत्वा पत्नीदर्शनतत्पर ः ।
कलिस्तत्तागतस्तुर्णं सर्पस्यं हि तत्कृतम् ।। ३१
बञ्चिता तेन धुर्तेन विष्ण्वाज्ञा भङ्गतां गता ।
खादित्वा तत्फलं रम्यं लोकमार्गप्रदं पति ः ।। ३२
उद्रम्वरस्य पत्रैश्च ताभ्याँ वाटवशनं कृतं ।
स्रुताः पुत्रास्ततो जाताः सर्वे म्लेच्छा बभुविरे ।। ३३
“द्वापर युगको आठहजार दुई सय वर्ष शेष रहँदा अनेक किर्ति लताले गुम्फित भएको म्लेच्छ भूमिमा इन्द्रियलाई जितेको अध्यात्म परायण आदम नाम गरेको व्यक्ति हव्यवती नाम गरेकी आफ्नी स्त्री साथ बस्दथे । प्रदान नगरको पूर्व रहेको इश्वरकृत तीस कोशमा फैलिएको सुरम्य विशाल जंगलमा रहेको एक पाप वृक्षको फेदमा आदमले आफ्नी पत्नीलाई नियाल्ने इच्छा गरे । त्यसै समय सर्पको रूप धारण गरी कलि सिघ्रता पूर्वक त्यहाँ पुगी त्यस धूर्तले भगवान विष्णुको आज्ञा भंग गराइदियो । लोक मार्गका प्रदर्शक उक्त दम्पत्तिले त्यो मनोहर फल भक्षण गरी उदुम्वरको पातद्वारा वायुपान पनि गरे । तत्पश्चात जति तिनका सन्तान वंश विस्तार भए ती सबै म्लेच्छ भय ।
सोही वैदिक स्रोतको पञ्चमं अध्याय ३५–३७ श्लोकमा तिनको बोलिचालीको भाषा समेत व्याख्या गरिएको छ ।
जस्तै “पितृ पैतर भ्राता च वादर ः, रविवारे च सण्डे च फाल्गुनमासे फरवरी, षष्टिश्च सिक्सटि ज्ञेया” आदि अर्थात पितालाई पादर, दाई वा भाइलाई ब्रदर, आइतबारलाई सण्डे, फाल्गुणलाई फ्रेववरी, साठ्ठीलाई सिक्सटी आदि भन्ने अथवा सप्तसिन्धुस्तसप्तहिन्दुव्य । अर्थात् सप्त सिन्धुलाई समेत सप्त हिन्दु आदि भनि भनिने भाषालाई म्लेच्छे भाषा भनिन्छ ।
उपरोक्त जति पनि शास्त्रमत प्रमाणहरू रहेका छन् ती सबै प्रमाण इशाई शास्त्र (वाइवल आदि) मा पनि यथारूप मै देख्न सकिन्छ । आदम हव्यवतिको प्रसङ्गदेखि भाषा हुँदै कुमारी पुत्र इशासम्मको वैदिक प्रमाणलाई इशाइ (christian) हरूले जस्ताको त्यस्तै उनीहरूकै शास्त्रको आधारमा मान्दछन् वा मानि आएका छन् ।
उपरोक्त सबै प्रमाणहरूबाट के बुझ्न सकिन्छ भने म्लेच्छेहरू मध्यबाट पनि जो सत्यहीन वा मर्यादा विहीन छन् तिनका लागि जिससले स्वयं अखिल व्रम्हाण्ड नायक श्रीपती भगवानको आदेशमा इशामत (Christianity) को स्थापना गरेका हुन् । यस मतको वास्तविक उद्देश्य त्यस्ता पतितात्माहरूलाई सत्य व्रत परायण गरी वैदिक मार्गमा चल्न योग्य बनाउन रहेको कुरा स्वत ः इशापुत्र इशामसिह (Jesus Christ) ले नै यस प्रकार गरेका छन् ः
नैगमं जपमास्थाय जपेत् निर्मलं परम् ।
न्यायेन सत्यवचसा मनसैक्येन मानव ः ।। प्रतिसगं पर्व २–२८
इशापुत्र अगाडि भन्छन् हे राजन ! मलग्रस्त मनलाई निर्मल गरेर मनुष्य सत्य एवं न्यायलाई अपनाएर सावधान भएर वैदिक मंत्र जपपूर्वक सूर्य मण्डल स्थित परमेश्वरको ध्यान पूजा गर्नुपर्दछ ।
यसप्रकार सबै वैदिक प्रमाण र हाल आएर विभिन्न तप्काबाट भएको खोज अनुसन्धान मूलक प्रमाणले हिमालय–हिमवतखण्ड–तपोभूमि आदि हुँदै भारत खण्ड सबै जिसस क्राइस्टले भ्रमण गरेको तथा जीवनको आँखिरी अवस्था काश्मिरमा विताएको जस्ता कुरा प्रमाणित नै भैसकेको छ । यस कारण इशाइ मत (Christianity) कुनै छुट्टै धर्म नभै सत्यहीन, मर्यादा विहिन, आचरण नभएका तथा अल्पज्ञहरूका लागि उद्धार गरि अन्ततः वैदिक मार्ग अपनाउन योग्य बनाउने उद्देश्यले करुणामूर्ति कृपा सागर भगवान श्री हरिले आफ्ना दुतको माध्यमद्वारा स्थापित एउटा मार्गदर्शक मत मात्र भएको कुरा स्वतः सिद्ध हुन्छ
हाल समाजमा ईशाइमत लाई धर्मको रुपमा व्याख्या गरि (जो धर्म होइन) आर्थिक, मानसिक, शारिरिक र सामाजिक रुपमा विभिन्न प्रलोभन तथा डर, त्रास सृजना गरि जबरजस्ती रुपमा जनसाधारणलाई विधर्मीहरुको मनसिक दासत्व स्विकार्न बाध्य पार्नेगरि भईरहेको कुकृत्यलाई वैदीक सनातन शास्त्रकै प्रमाणका आधारमा भण्डाफोर गर्नु नितान्त आवश्यक छ ।

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद श्रीवास कृष्ण दास ब्रह्मचारी

प्रचारक, लेखक, अनुशन्धानकर्ता

सस्थापक / कुलपति : Jagannath Foundation , Sri Rupanuga Para Vidyapeeth 

सस्थापक : Jagannath Foods and Beverage Industries , Green Smile Store