धर्म ७ : जैन, शंकरा, षड्दर्शन आदि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जैन मत :
“यस्त किलानु चरित मुपाक व्र्य कोङ्ककवेङ्कककुटकानां राजार्हन्नामोपशिस्य कलावधर्म उत्कृष्यमाणो भवितव्येन विमोहितः स्वधर्म पथमकुतो भयम पहाय कुपथपाखण्ड मसंमञ्जसं निजमनीषया मन्दः सम्पवर्तयिष्य ते ।।९।। येन ह वाव क लौ मनुजा पसाद देवमायामोहिता ः स्वविधिनियोगशौचचारित्रविहिना देवहैलनान्यव्रतानि निजनी जेच्छया गृहणाना अस्नानअनाचमन–अशौच–केशोल्लुञ्जनदिरि कलिना अधर्म बहुलेनोपहतधियो ब्रम्हब्राम्हण यज्ञ पुरुष लोकविदुषकाः प्राचेण भाविष्यन्ति ।।१०।। ते च हयर्वाक्तनमा निजलोक यातयान्धं–परम्परयऽऽश्वस्तास्तमस्यन्धे स्वयमेव प्रपतिष्यन्ति ।।११।।
श्रीमद्भागवत पञ्चम स्कन्ध छ अध्याय ः हे राजन जस समय कलियुगमा अधर्मको वृद्धि हुनेछ, त्यस समय कोंक, वेंक र कुटक देशको मन्दमति राजा अर्हत् (जो जैन नामले पनि प्रशिद्ध छ) ऋषभदेवजीको आश्रमातित आचरणको वृतान्त सुनेर तथा स्वयं त्यसलाई ग्रहण गरेर पूर्व संचित पाप फलस्वरूपको वशीभूत भएर भयरहित स्वधर्मको पथ परित्याग गरी आफ्नै बुद्धिद्वारा अनुचित एवं पाखण्डपूर्व कुमार्गको प्रचार गर्नेछ । कलियुगको देवमायाबाट मोहित अनेकौँ अधम मनुष्यहरू आफ्नो शास्त्र निहित शौच एवं आचरलाई छाडेर, नग्न धग्न भई अधर्म बहुल कलिको प्रभावले बुद्धिहिन भएका कारणले स्नान आचमन आदि त्यागी अशुद्ध रहि, केश आदि उखालेर ईश्वरलाई तिरस्कार गर्ने पाखण्डधर्मलाई मनोमानी हिसाबले स्विकार गरी प्रायः वेद, ब्राम्हण र यज्ञ पुरुष भगवानको निन्दा गर्न लाग्नेछन् ।
शंकरामत ः
शंकरामतका प्रतिष्ठापकाचार्य श्री शंकराचार्य स्वयं शिवजीको अवतार हुनुहुन्थ्यो । “शंकरः शंकरः साक्षात” आदि वाणिले वहाँको स्वरुपको पुष्टि गर्दछ । तत्कालिन समयको माग बमोजिम जगतलाई शुन्यबाद बाट ब्रम्हबाद तर्फ डोर्याउन उहाँको अवतार भएको कुरा वैदिक शास्त्रले व्याख्या गरेका छन् ।
इति श्रुत्वा वीरभद्रो रुद्रा संदृष्टमानस !
स्वाशं देहात्मुत्पाद्य द्वि जगेहमचोदयत् ।।७८
विप्रर्भेखदत्तस्य गेहं गत्वा सर्वे शिव ः
तत्पुत्रोऽभूत्कर्लो धोरे शङ्करो नाम विश्रुत ः ।।७९
स बालश्रच् गुणी वेत्ता ब्राम्हचारी बभूवल
कुत्वा शंकर माष्यं च शैवमार्गमदर्शयत् ।।८०
त्रिपुण्ड्रश्रचाक्ष्माला च मन्त्र ः पञ्चाझर ः शुभ ः
शौवानां मङ्गलकरः शंकराचार्य निर्मित ः ।।८०
(भविष्य पुराणम्– प्रतिसँग पर्व दशमोध्याय)
यति सुनिसकेपछि विरभद्र अत्यन्त हर्षमग्नभएर आफ्नो शरीरबाट आफ्नो अंशलाई निकालेर भैरवदत्त ब्राम्हणको घरमा पठाइदिए, जो त्यस घरमा पुत्रको रूपमा अवतरित भई घोर कलिको समयमा त्रिपुण्ड्र चन्दन, रुद्राक्षमाला आदि धारण गर्ने शंकर भाष्यको रचनाकार, शैवमार्गका प्रवर्तक आदि शंकराचार्य नामले प्रख्यात भय ।
पद्मपुराणको उत्तर खण्ड २५.८ मा स्वयं वैष्णव भूषण सदाशिव जगनमाता पार्वती देवीसँग यस प्रकार भन्नुहुन्छ ।
मायावादसच्छास्त्रं प्रछन्नं बौद्धमुच्यते ।
मयैव बिहितं देवी कलौ ब्राम्हणमूर्तिना ।।
ब्रम्हणश्चापरं रूपं निगुणं वक्ष्यते मया ।
सर्वस्वं जगतोऽत्यस्य मोहनार्थं कलौयुगे ।।
वेदान्ते तु, महाशास्त्रे मायावादमर्वेविकम् ।
मयैवक्ष्यते देवी जगतां नाश कारणात् ।।
मायावाद दर्शन अपवित्र (असच्छस्त्र) छ । यो प्रच्छन्न बौद्धवाद हो । हे पार्वती ! म कलियुगमा ब्राम्हण रूपमा यस कल्पित मायावाद दर्शनको उपदेश दिनेछु । नास्तिकलाई भुलाउन म भगवान रूप तथा गुण रहित भएको कुरा वेदान्तको भाष्यका रूपमा आदेश गर्नेछु । यस प्रकार वेदान्तको व्याख्या गरी भगवानको साकार स्वरूपलाई निषेध गरी सारा प्रजालाई लागि मायावाद दर्शनको वर्णन गरी सबलाई गुमराह बनाउने छु ।
षड्दर्शनः
शांख्य दर्शन ः कपिल, योग दर्शन ः पतञ्जलि, न्याय दर्शन ः गौतम, वैशेषिक दर्शन ः कणाद, मिमांश दर्शन ः जैमिनि लगायतले वेदलाई नै सर्वोच्च प्रमाण मानि वैदिक ग्रन्थकै आधारका सिद्धान्त प्रतिपादित गरेकाहुनाले, यी सबैप्रकारका दर्शनलाई व्यासदेवको वेदान्त दर्शनकै आधारमा बुझ्नुपर्दछ । यी दर्शनहरुलाई स्वतन्त्ररुपमा छुट्टा छुट्टै राख्दा अपूर्ण तथा अवैदिक हुने कुराको निर्णय स्वयं सिद्दान्तका प्रतिष्ठापक ऋषि तथा सनातन शास्त्रहरुले गरेका छन् ।
यस प्रकार यी यावत उदाहरण पश्चात के निष्कर्ष निकाल्न सकिन्छ भने जति पनि संसारमा उपधर्म, मतवाद वा सिद्दान्तहरु छन् ती सबै वैदिक सनातन धर्मकै विभिन्न पाटा अथवा व्यक्ति विशेषको योग्यता, क्षमता तथा पात्रताका आधारमा धर्मपरायण, सत्य परायण र मर्मादित बनाउने बाटाहरू हुन्, आफैमा धर्म हैनन् । १+१=२ हुनु सत्य हो । (a+b+c)3=a3+b3+c3 + (a+b) (b+c) (c+a)  पनि सत्य हो । अव जो भर्खर १+१ =२ हुन्छ भन्ने तहमा छ, उसलाई (a+b+c)पढाउन आफैमा नमिल्ने कुरो हो । त्यसैकारण वैदिक सनातन धर्म सबैले बुझ्न वा पालन गर्न नसक्ने भएकाले नै विभिन्न मतवाद तथा उपधर्महरू स्थापित भएको कुरा सिद्ध हुन्छ ।

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद श्रीवास कृष्ण दास ब्रह्मचारी

प्रचारक, लेखक, अनुशन्धानकर्ता

सस्थापक / कुलपति : Jagannath Foundation , Sri Rupanuga Para Vidyapeeth 

सस्थापक : Jagannath Foods and Beverage Industries , Green Smile Store