आइन्स्टाइनको सापेक्षवादी शिद्धान्त र यसको वैदिक पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सन १९०५ मा महान बैज्ञानिक अल्बर्ट आइन्स्टाइनबाट सापेक्षवादी सिद्धान्तको प्रतिपादन भयो, जसले मानव समुदायमा जमेर रहेको सोचाईमा भू-कम्प नै ल्याइदियो ।
उनको सिद्धान्तले हाम्रो वैदिक सनातन धर्मको पुराणादी कथामा उल्लेखित लोकादी समयको रहस्यलाई उजागर मात्र गरेन प्रमाणित नै गर्यो। यही आधुनिक वैज्ञानिक सिद्धान्तलाई सकेसम्म साधारण शब्दमा यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु।

सनातन धर्म शास्त्र अनुसार देवलोक(स्वर्ग लोक) को एक दिन भनेको हाम्रो मृत्युलोकको ६ महिना हुन्छ भने एक रात भनेको अर्को हाम्रो अर्को ६ महिना हुन्छ, अर्थात हाम्रो १ वर्ष त स्वर्गलोकको १ (दिन+रात) हो। स्वर्गलोक भन्दा माथि महर्लोक हुन्छ, जहाँको १ दिन हाम्रो १ वर्षभंदा पनि धेरै हुन्छ। महर्लोक भन्दा माथि जनलोक जहाँको १ दिनको समय झन धेरै हुन्छ । यसैगरी जनलोक भन्दा माथि तपलोक छ भने तपलोक भन्दा पनि माथि सत्यलोक(व्रम्हलोक) हुन्छ । व्रम्हलोकको १ दिन भनेको हाम्रो मृत्युलोकको ४ अरब २९ करोड ४० लाख ८० हज़ार वर्षको हुन्छ अर्थात हाम्रो १ दिन भनेको व्रम्हलोकको ०.००००००००२२९६८८६ सेकेन्ड हुदो रहेछ।

हाम्रो मनुद्वारा राज्य गरीएको मृत्युलोक अर्थात भुर्लोक भन्दा तल पनि सनातन धर्म शास्त्रले ७ लोकको उल्लेख गरेको छ। हाम्रो भुर्लोक भन्दा तल अतला(मायाका पूत्र बलद्वारा शासित), बितला(भगवान शंकरका अंश हर भवद्वारा शासित), सुतला(दैत्यराज बलि महाराज अर्थात मुसलमानका अल्लाहद्वारा शासित), तलातल(दैत्यहरूका इंजीनियर मायाद्वारा शासित), महातल(नागराजद्वारा शासित), रसातल(बिभिन्न दैत्यहरूद्वारा शासित) र पाताल(नाग, राक्षस आदिद्वारा शासित) यी लोकहरूको समय हाम्रो भन्दा पनि कम हुन्छ । हाम्रो १ दिन भनेको नै अतला-वितलाको वर्ष हुन्छ भने पातालको त हजारौं वर्ष हुन्छ । पापीलाई पाताललोकको नरकमा लाखौं वर्ष सजाय दिनु भनेको हाम्रो मृत्युलोकको केही दिनमात्र हो।
यो त भयो समय।

अब यहाँका हामी अन्यलोकमा यात्रा गएर फर्किए के होला?
भागवत पुराणमा उल्लेख भएको एक प्रसंग अनुसार राजा कूकुद्मी आफ्नी छोरीको लागि उपयुक्त दुलाहा खोज्न तपोबलद्वारा व्रम्हलोक पुग्छन। त्यहाँ व्रम्हाजीको प्रतिक्षा गरिन्जेल गन्दर्भहरूको संगीत सुन्नमा केही क्षण मात्र व्यतित गरी व्रम्हाजीबाट चाडै नै उपयुक्त दुलाहाको प्राप्ति हुने आश्वासन पछि पुन: पृथ्वीलोक के फर्केका मात्र थिए, यहाँ त २७ चतुर्युग गुज्रिसकेको पाउँछन। सत्य, त्रेता, द्वापर, कलिको समष्टी समयलाई चतुर्युग भनिन्छ । एक चतुर्युगको समय ४३ लाख २० हज़ार वर्षको हुन्छ अर्थात २७ चतुर्युग भनेको ११ करोड ६६ लाख ४० हज़ार वर्ष हुन्छ । यहाँ त श्रीकृष्ण आइसकेका हुन्छन, तसर्थ उनको छोरी रेवतीको बिवाह श्रीकृष्णका दाई बलरामसंग २७ चतुर्युग पछि हुन जान्छ।
यस्तै विष्णुपुराणको एक प्रसंग अनुसार नारदमुनी विष्णुको लागि पानी खोज्न माथिल्लोलोकबाट पृथ्वीलोकको एक घरको द्वार खटखटाउछन। एक सुन्दर नारीले द्वार खोल्छिन र उक्त नारीको सुन्दरतामा मुग्ध भै नारदमुनी सोही स्त्रीसंग विवाह गरी घरजम गर्छन, बाल बच्चा हुन्छन वर्षौ बित्छ, तर एकदिन ढोकाको खटखट आवाजमा ढोका खोल्दा त भगवान विष्णुले पानी मागिरहेको पाउँछन अर्थात माथिल्लो लोकको एक क्षण त यहाँ वर्षौ बितेछ, भगवानको मायाशक्तिदेखि नतमस्तक हुन्छन ।

आधुनिक बिज्ञान
यो त भयो शास्त्रीय टिप्पणी। यस्ता शास्त्रीय प्रसंगलाई हालमा आएर आधुनिक विज्ञानले समर्थन मात्र गरेन, गणितीय माध्यमद्वारा प्रमाणित नै गर्यो। हेरौ आधुनिक विज्ञान:
जसरी औषधी बिज्ञानमा भर्ना हुन कम से कम १०+२ उत्तीर्ण हुन आवश्यक छ त्यसैगरी वास्ताबिक वैज्ञानिक कथन बुझ्न यी आधारभूत सिद्धान्तलाई बुझ्न आवश्यक छ, म यहाँहरूलाई पहिला यो बुझ्न आग्रह गर्दछु। आजकाल जो पाए त्यही वेद पढन अग्रसर छन। विना गुरु आफ़ैलाई मै हुँ भनि वेद पढ़नेले वेदको के अर्थ लगाउला ? आधुनिक विज्ञानको पनि कथन बुझ्नु अघि पनि यी ३ वैज्ञानिक सिद्धान्त बुझ्नु आवश्यक छ।

सिद्धान्त १,
“वस्तुको पिण्ड (Mass) गति अनुशार बढ़छ।”
प्रमाण (Proof):
तपाईको पिण्ड कति के.जी. को छ ? ६० के. जी.? आधुनिक बिज्ञान भन्छ त्यो त तपाईको rest mass हो अर्थात शान्त समयको तपाईको पिण्ड हो। तर तपाईको पिण्ड(mass) गति अनुसार बढ्छ।
विज्ञानले यसको लागी यो सुत्र (formula) प्रमाणित गरेको छ:
m’ = m /sqrt(1-v^2/c^2)
जहाँ m’ भनेको तपाई गतिमा हुदा हुने नया पिण्ड हो भने m भनेको तपाईको शान्त हुदा खेरीको पिण्ड हो।
c भनेको प्रकाशको गति(३ लाख किलोमीटर प्रति सेकेण्ड)
v भनेको तपाईको गति

एउटा सानो हिसाब गरौं । मानौ तपाई शान्त समय मा ६० के. जी. को हुनुहुन्छ अब तपाई मानौ ३०० कीलोमीटर प्रति सेकेण्डको वेगमा हुइकीनु भयो। तपाईको नयाँ पिण्ड कति के. जी. को हुनेछ?
m’ = m /sqrt(1-v^2/c^2)
=60/sqrt(1-300^2/300000^2)
= 60.00003 kg
अर्थात नगण्य अनुपातमा बढ़यो।
अब तपाईको गति बढाउदै जाऔ:
– तपाईको गति प्रकाशको गतिको २५% मा पुर्याउने हो भने तपाईको पिण्ड १.०३३ गुणाले बढछ।
– तपाईको गति प्रकाशको गतिको ५०% मा पुर्याउने हो भने तपाईको पिण्ड १.१५८ गुणाले बढछ।
– तपाईको गति प्रकाशको गतिको ९९.९% मा पुर्याउने हो भने तपाईको पिण्ड २२.३७ गुणाले बढछ।
– तपाईको गति प्रकाशको गतिको ९९.९९९९९९९% मा पुर्याउने हो भने तपाईको पिण्ड २२३६१ गुणाले बढ़छ अर्थात ६० के. जी. को तपाईको पिण्ड, १३ लाख ४१ हज़ार ६६० किलोको हुन्छ।

तर यहाँ एउटा अचम्मको कुरो यो पनि छ है। तपाई कै सापेक्षमा रहेका तपाईको साथीले वा तपाई आँफैले भने आँफुलाई ६० के. जी. को नै देख्छ वा देख्नु हुन्छ किनभने त्तपाईको साथी तपाई संगै नै कुदिरहेको छ तर बाहिर बसेकाहरूले भने तपाईलाई प्रकाशको गतिको ९९.९९९९९९९% मा भएकोले १३ लाख ४१ हज़ार ६६० किलोको देख्छ।

सिद्धान्त २,
कुनै पनि पिण्ड(mass)लाई प्रकाशको गति भन्दा धेरै गतिमा प्रवेग(acceleration) दिन सकिदैन।
– प्रमाण (Proof) १,
यो सिद्धान्त प्रमाणित गर्न साधारण रूपमा यसरी हेर्न सकिन्छ,
मानौं तपाईलाई प्रकाश कै गतिमा हुइक्याउने हो भने के हुन्छ?
m’ = m /sqrt(1-v^2/c^2)
यहाँ v=c हुनेभयो अर्थात m’ अर्थात तपाईको पिण्ड अनन्त के. जी. ( infinite kg) को हुनेभयो। हामीलाई थाहा छ:
Force(F)=Mass(m)*Acceleration(a)
अब प्रकाशको गतिमा पिण्ड अनन्त (infinite) भै सकेपछि त्यसलाई प्रवेग(acceleration) दिन शक्ति(Force) पनि अनन्त (infinite) लाग्ने भयो। अनन्त (infinite) शक्ति भनेको के हो? असीमित शक्ति जुन लगाउन असम्भव भयो। तसर्थ प्रकाशको गति दिन हाम्रो यस ब्रम्हाण्डमा असम्भव छ।

– प्रमाण (Proof) २:
Einstein को वास्तबिक mass-energy equation यस्तो हुन्छ,
Einstein ले पिण्डलाई यसरी परिभाषित गरे:
E=£mc^2
जहाँ
m भनेको पिण्ड
E भनेको पिण्डको शक्ति
c भनेको प्रकाशको गति(३ लाख किलोमीटर प्रति सेकेण्ड)
यहाँ £ भनेको Lorentz constant हो जसको मान पिण्डको गतिसंगै परिवर्तित हुन्छ ।
अर्थात
£=1/sqrt(1-v^2/c^2) हुन्छ ।
जसै v=c हुंछ अर्थात तपाईको गति प्रकाशको गति झै हुन्छ, £ अर्थात Lorentz constant को value infinite(असीमित) हुन जान्छ ।
E=£mc^2
= infinite
अर्थात कुनैपनि पिण्डलाई प्रकाशको गतिमा वेग दिइएमा त्यो पिण्डको शक्ति असीमित(infinite) हुन जान्छ । तसर्थ प्रकाशको गतिमा पिण्डलाई हुइक्याउन हामी असमर्थ छौ।

सिद्धान्त ३,
अन्तिम गति भनेको प्रकाशको गति हो।
माथिका दुई सिद्धान्तले नै यो तेश्रो सिद्धान्त स्वतः प्रमाणित गर्दछ। माथिका दुई सिद्धान्तले प्रमाणित गर्यो की प्रकाशको गति नै अन्तिम गति हो अर्थात जसरी बाघलाई चिड़ियाखानामा पिंजराको डंडीको अन्तिम सीमानामा हामी राख्छौ, त्यसैगरी भगवान श्रीकृष्णले समस्त जीवलाई प्रकाशको अन्तिम गतिको सिमानामा बाधेर राखेका छन।
यी ३ सिद्धान्त बुझेपछि वास्तबिक कुरो बुझ्न अझै तपाईले यो बुझ्नु पर्छ की समय भनेको के हो? के तपाईको घड़ीले देखाएको समय, समय हो त ? घड़ी त मात्र यन्त्र हो जुन जसरी बनाइयो त्यसरी घुम्छ, वास्तबिक समय भनेको के हो त?

समय भनेको वैज्ञानिक परिभाषामा के हो?

बैज्ञानिक परीभाषा अनुसार समय भनेको 0 के. जी. पिण्ड भएका सुक्ष्म अणु जसलाई प्रकाश तत्व (plasma) भनेर भनिन्छ, जुन प्रकाशका सुक्ष्मतम एकाई (unit) हो, त्यसको कुनै निश्चित अन्तरालमा हुने विस्थापन(displacement) हो। प्रकाश तत्व (plasma)को गति, प्रकाशको गति झै हुन्छ। प्रकाशको गति ख़ाली स्थान(vacuum) मा ३ लाख किलोमीटर प्रति सेकेण्डको हुन्छ । यी प्रकाश तत्व (plasma)को पिण्ड 0 के. जी. भएकोले नै यो प्रकाशको गतिमा रहन सकेको हो नत्र पिण्ड(mass) भएको पदार्थ प्रकाशको गतिमा हुइकिन सक्दैन। प्रकाश तत्व (plasma) झै प्रकाशकै बराबरको गतिमा गतिशिल अर्को एकाई (unit) हो परमाणु(protons, electrons) जसबाट यो समस्त ब्रम्हाण्ड निर्मित छ। परमाणु (electrons) अणुका मुख्य सुक्ष्मतम एकाई (unit) हो अर्थात कुनै अणुमा परमाणु (electron) नै मुख्य हो जसको गति पनि प्रकाश कै लगभग बराबरको गति हुन्छन ।

यसरी समस्त ब्रम्हाण्ड नै यी सुक्ष्मतम गतिशील परमाणुहरूद्वारा निर्मित छ जुन प्रति क्षण परिवर्तनशिल र गतिशील छन। यी गतिशील परमाणुहरूको displacement(विस्थापन) नै समय हो। अर्थात अर्को शब्दमा भन्ने हो भने “५ मिनेट” भनेको अणु-परमाणुहरू कति धेरै एक अवस्थाबाट अर्को अवस्थामा पुगे यसको मापन हो। यी परमाणुहरूको कम विस्थापित भए कम समय व्यतित भयो। यी परमाणुहरू स्थिर रहे समय पनि स्थिर भयो। यदि कुनै A नाम गरेको ग्रहमा यदि यी परमाणुहरू जति विस्थापित हुन्छन (जति स्थान परिवर्तन गर्छन) त्यो भन्दा १० गुणा बढ़ी B नाम गरेको ग्रहमा परिवर्तन गरेमा वैज्ञानिक भाषा अनुसार B नाम गरेको ग्रहमा समय दश गुणा छिटो चल्दै छ।
यति आधारभूत कुरो बुझेपछि अब आउनुहोस आधुनिक विज्ञानले प्रमाणित गरेको शास्त्रका कुराहरू

समय चक्रको परिवर्तन (Time Dilation):

राजा कूकुद्मी आफ्नी छोरीको विवाहबारे जानकारी लिन व्रम्हलोक पुगेर एक गीत सुनेर फ़र्किदा त यहाँ ११ करोड ६६ लाख ४० हज़ार वर्ष व्यतीत भैसकेछ। यसलाई आधुनिक विज्ञानले समय चक्रको परिवर्तन (time dilation) भनेर भन्छ ।
आधुनिक बिज्ञानले यो प्रमाणित गर्यो की मानौ तपाईलाई कुनै तीब्र गतिले(लगभग प्रकाशको गति)ले हुईकीने कुनै space ship मा राखेर पठाऔ, यहाँको तुलनामा तपाईको समय ढीलो चल्न थाल्नेछ। मानौ तपाई सो तीब्र गतिले चल्ने spaceship मा एक वर्ष विताएर फर्किनु भयो भने यहाँ फर्कदा यहाँ धेरै वर्ष वितीसकेको हुनेछ। यहाँ कति वर्ष बित्यो, त्यो तपाईको spaceship को गति प्रकाशको गतिको कति नजिक छ, त्यसमा भर पर्दछ। जति प्रकाश गतिको नजिक त्यति धेरै यहाँ समय व्यतीत हुनेछ।

समय चक्रको परिवर्तन (Time Dilation) किन हुन्छ?

समय चक्रको परिवर्तन (Time Dilation) हुनुको प्रमुख कारण भनेको माथि उल्लेख गरिएको सिद्धान्त ३, अर्थात “अन्तिम गति भनेको प्रकाशको गति हो।” ले गर्दा हो।
यसलाई यसरी बुझौ।

– मानौ तपाई बाहिर जमिनमा हुनुहुन्छ । एउटा बस छ जसको गति ४० किलोमीटर प्रति घण्टा छ। बसभित्रको अन्तिम सीटमा एक मान्छे छ, त्यो मान्छे बस भित्र नै हिड्दै छ, बसको अगाडी चालकको सीटतर्फ ५ किलोमीटर प्रति घण्टाको गतिले हिड्दै छ। यो अर्थमा तपाईको लागि त्यो बसभित्रको व्यक्तिको गति कति हुन्छ?
बसको गति + मान्छेको गति
=४०+५
= ४५ किलोमीटर प्रति घण्टा

– अब बसको गति बढ़ाऔं मानौ ५००० किलोमीटर प्रति घण्टा भयो। अब तपाईको लागि त्यो बसभित्रको व्यक्तिको गति कति हुन्छ ?
बसको गति + मान्छेको गति
=५०००+५
= ५०००५ किलोमीटर प्रति घण्टा

– अब बसको गति बढ़ाऔं मानौ २ लाख ९९ हज़ार ९ सय ९८ किलोमीटर प्रतिसेकेण्ड भयो। हिसाब गर्न सहजताको लागि मानौ त्यस मान्छेको गति ५ किलोमीटर प्रति सेकेंड। अब तपाईको लागि त्यो बसभित्रको व्यक्तिको गति कति हुन्छ ?
बसको गति + मान्छेको गति
=२९९९९८+५
= ३ लाख ३ किलोमीटर प्रति सेकेण्ड

तर माथिको सिद्धान्त ३ ले के भन्छ? प्रकाशको गति नै अन्तिम गति हो। प्रकाशको गति ३ लाख किलोमीटर प्रति सेकेण्ड मात्र हो तर यहाँ त बसभित्रको मान्छेको गति ३ लाख ३ किलोमीटर प्रति सेकेण्ड अर्थात ३ किलोमीटर प्रति सेकेण्ड बढ़ी भयो। अब के हुन्छ त?
अब अचम्मको प्रक्रिया हुन्छ ।
वेग (Velocity)= यात्रा पुरा गरेको दुरी (distance travelled) / लागेको समय (time taken)
यहाँ बसभित्रको व्यक्तिको वेग (velocity) तपाईको नजरमा ३ लाख ३ किलोमीटर प्रति सेकेण्ड हुनुपर्यो तर ३ लाख प्रति सेकेण्ड भन्दा बढी असम्भव छ तसर्थ वेग (velocity)= ३ लाख प्रति सेकेण्डमा स्थिर( constant) भयो।
यात्रा पुरा गरेको दुरी (Distance travelled) पनि बसको पछिल्लो सीटदेखि अघिल्लो सीटसम्म स्थिर (constant) छ।

तर बाँकी रहेको ३ किमी/सेकेण्ड कसरी मिलाउने त? त्यो बसभित्रको व्यक्ति अगाडी त हिड्यो हिड्यो। हो, यहाँनेरी अब वेग (velocity) पनि स्थिर (constant) , दुरी (distance) पनि स्थिर (constant) भएकोले सुत्र (formula)मा समय (time) घट्नै पर्यो।

यसलाई यसरी बुझ्नुहोस, त्यस मनुष्यको सम्पूर्ण एकाई (unit) अर्थात परमाणुहरू तपाईको नजरमा अब बिस्तारै चल्न थाल्नेछन। त्यस व्यक्तिको परीधिमा रहेका सम्पूर्ण परमाणुहरू अब तपाईको नजरमा विस्तारै चल्न थाल्नेछन। तपाई देख्नुहुनेछ “त्यो पछिल्लो सिटबाट अघिल्लो सीटमा जान यसलाई कति बेर लागेको होला”। तपाई देख्नुहुनेछ बिस्तारै अघिल्लो सीटतर्फ सुस्त गति (slow motion)मा हिड्दै गरेको व्यक्ति तर त्यही व्यक्ति र बसमा सफर गरेका अन्य व्यक्तिको नजरमा भने त्यस व्यक्तिको गति सामान्य नै हुनेछ। अब त्यो ब्यक्ति फर्केर आयो तपाईसंग कुरा गर्न। तपाई भन्नुहुनेछ “त्यो जाबो पछिल्लो सिटबाट अघिल्लो सीटमा जान किन यति धेरै समय लगाएको???”, त्यसले उत्तर दिनेछ “हैन। म त सामान्य गति मै सामान्य समय मै थिए।”

आधुनिक विज्ञानले समय चक्रको परिवर्तन(Time Dilation) को लागि प्रयोग गरेको गणितीय सूत्र:

समय चक्रको परिवर्तन (Time dilation) मापन गर्न आधुनिक विज्ञानले यो सूत्र प्रमाण सहित प्रयोग गर्दछ:
t’=t*sqrt(1-v^2/c^2)
जहाँ
t’ भनेको नया समय
t भनेको भएको समय
v भनेको गति
c भनेको प्रकाशको गति हुन्छ ।

एउटा सानो हिसाब गरौ।
मानौ तपाई प्रकाशको गतिको ५०%को गतिको कुनै अन्तरिक्ष यान (space ship) मा चढ़ेर जानु भयो र पृथ्वीबासीको लागि १० वर्ष पछि फर्कनुभयो। अब तपाईको लागि अन्तरिक्ष यान (space ship) मा व्यतित गरेको समय कति हो त?
t’=10*sqrt(1-50^2/100^2)
=8.66 years
अर्थात फर्केर आएपछि तपाई भन्नुहुनेछ “म त ८ वर्ष ७ महिना जति मात्र अन्तरिक्ष यान (space ship) मा थिएँ “, तर यहाँका पृथ्वीवासी भन्नेछन “हैन तपाई १० वर्षपछि आउनुभयो”।तपाईले तपाईको घड़ी देखाउनु हुन्छ जसमा ८ वर्ष ७ महिना नै व्यतित भएको देखिन्छ भने पृथ्वीवासी पनि आफ्नो घड़ी देखाउने छन जसमा १० वर्ष व्यतिंत भएको देखिन्छ।

वास्तबमा के भएको थियो भने तपाईको अन्तरिक्ष यान (spaceship) को परमाणु परमाणु पृथ्वीबासीको सापेक्षमा धीमा हुन गएका थिए। तपाईको घड़ीको परमाणु, तपाईको मुटुको परमाणु अर्थात तपाईको मुटुको को चाल, तपाईको आखा, हात-खुट्टा, सम्पूर्ण शरीरका परमाणु पृथ्वीवासीको नजरमा धीमा चल्न थालेका थिए। यसरी सम्पूर्ण घड़ी नै धीमा हुन गयो।

यसरी नै हिसाब गर्दै हेर्ने हो भने के पाउछौ भने:
– प्रकाशको गतिको १०%को गतिमा समय ९९.५% ले चौडा (dilate) हुन्छ
– प्रकाशको गतिको ५०%को गतिमा समय ८६.६% ले चौडा (dilate) हुन्छ (माथिको हिसाबमा यो देख्यौ की प्रकाशको ५०%को गतिमा १० वर्ष ८६.६% ले चौडा (dilate) भएर ८ वर्ष ७ महिनामा झर्यो)
– प्रकाशको गतिको ९०%को गतिमा समय ४३.६% ले चौडा (dilate) हुन्छ
– प्रकाशको गतिको ९९%को गतिमा समय १४.१% ले चौडा (dilate) हुन्छ
– प्रकाशको गतिको ९९.९९%को गतिमा समय १.१४% ले चौडा (dilate) हुन्छ
– प्रकाशको गतिको ९९.९९९९%को गतिमा समय ०.१४१% ले चौडा (dilate) हुन्छ अर्थात प्रकाशको गतिको ९९.९९९९% को गतिमा १ महिना घुमेर आउनुभयो भने पृथ्वीलोकमा १०० वर्ष व्यतीत भै सकेको हुनेछ।

के हाम्रा दिनचर्याका सवारी साधन जस्तै बस/हवाईजहाज चढ़दा पनि समय चक्रको परिवर्तन (time dilation) हुन्छ ?

अवश्य हुन्छ । तपाई बसमा नै किन न हुइकिनुहोस, त्यहाँ पनि समय चक्रको परिवर्तन (time dilation) हुन्छ तर यति नगन्य हुन्छ की हाम्रो अनुमानमा पनि पर्न सक्दैन।
एउटा सानो अर्को हिसाब गरौ। मानौ तपाई एटलान्टिक महासागर (atlantic ocean)को वारपार हवाईजहाजबाट गर्नु हुदैछ। यसरी हवाईजहाजबाट पार गर्दा तपाई अन्यको नजरमा कतिले तरुनो हुनुभयो त, हिसाब गरौ न।
उड़ान समय: ६ घण्टा अर्थात २१६०० सेकेण्ड
जेट प्लेनको गति: ८८० किमी/ घण्टा अर्थात २४४ मीटर/सेकेण्ड
t’=t*sqrt(1-v^2/c^2)
=21600*sqrt(1-244^2/300000000^2)
=21599.999 999 99 सेकेण्ड
अर्थात तपाई पृथ्वीवासीको तुलनामा 0.00000000१ सेकेण्ड ले तरुनो हुनुभयो।

एउटा अर्को हिसाब गरौ। जेटप्लेनका पाइलट जिन्दगीभर जेटमा सफर गर्छन। उनीहरू अन्यको तुलनामा कतिले तरुनो हुन्छन त?
मानौ एक पाइलट जीवनकालमा ५२ हजार घण्टा उडान समय गर्दछ।
उड़ान समय: ५२000 घण्टा
जेट प्लेनको गति: ८८० किमी / घण्टा अर्थात २४४ मीटर/सेकेण्ड
t’=t*sqrt(1-v^2/c^2)
=52000*sqrt(1-244^2/300000000^2)
= 52000 hours x 0.999 999 999 999 7
= 51599.999 999 984 4 hours
अर्थात
52000 hours – 51599.999 999 9844 hours
= 0.000 000 015 6 hours (यति घण्टाले अन्यको भन्दा एक पाइलट तरुनो हुन्छ)

स्वर्गलोक, ब्रम्हलोक, पाताललोक कहाँ छ त ?

वैदिक सनातन धर्म शास्त्रले स्वर्गलोकमा १ दिन हुनु भनेको हाम्रो यहाँको १ वर्ष अर्थात ३६५ दिन हुन्छ भनेर भनेको छ। यही रहस्यलाई केन्द्रबिन्दु मानि आधुनिक विज्ञानलाई सोधौं।
t’=t*sqrt(1-v^2/c^2)
यही formulaलाई परिमार्जन गर्दा:
v=sqrt((1-(t’/t)^2)*c^2)
=sqrt((1-(1/365)^2)*300000^2)
=299998.8740830814 km/sec
अर्थात स्वर्गलोक जहाँको १ दिन यहाँको ३६५ दिन हुन्छ , एक यस्तो ग्रह हो जसको गति हाम्रो ग्रहको गतिको तुलनामा २९९९९८.८७४०८३०८१४ कि. मि./ सेकेण्डको हुनुपर्छ तब त्यहाँको १ दिन भनेको हाम्रो ३६५ दिन हुन्छ ।

यसैगरी ब्रमहलोक एक यस्तो ग्रह हुनुपर्छ जुन ग्रहको गति लगभग प्रकाश कै गतिको समान छ (मेरो क्यालकुलेटर मा अटेन, मेरो क्यालकुलेटर ले समग्रमा गरेर तीन लाख नै देखायो)। त्यसैगरी पाताललोक तल छ अर्थात हाम्रो ग्रहको गति पाताललोकको भन्दा धेरै माथि अर्थात उनीहरूको तुलनामा हामी लगभग प्रकाशको गतिमा छौ।

के हामी स-शरीर स्वर्गलोक वा पाताललोक जान सक्छौ ?

आधुनिक विज्ञानले प्रकाशको गति प्राप्त गर्न असम्भव भनेको छ तर प्रकाशभन्दा केही तलको गति हाललाई अकल्पनीय भनेता पनि असम्भव भने भनेको छैन। माथि आधुनिक विज्ञान शास्त्रबाट प्रमाणित गरियो की स्वर्गलोक एक यस्तो ग्रह हुनुपर्छ जसको गति हाम्रो सापेक्षमा २९९९९८ .८७४०८३०८१४ कि. मि./ सेकेण्ड को हुनुपर्छ। यति तीब्र गति लिएको ग्रह हाम्रो यो चक्षुले देख्न सक्दैन। सर्वप्रथम देख्नको लागि मात्र पनि तपाईलाई यस्तो यानमा राख्नु पर्यो जसको गति लगभग २९९९९८ कि. मि. / सेकेण्ड होस। त्यो गतिमा तपाई पुग्ने बित्तिकै अघि तपाईले देखेका चन्द्र, सूर्य सबै अब देखिदैनन भने अघि नदेखेका सम्पूर्ण तपाईका सामु दृश्यमान हुनेछन। जसरी बाटोमा बसमा सफर गर्दा तपाईको बसको गति १०० कि. मि. / घण्टा भए अन्य १०० कि. मि. / घण्टाको बस अब राम्रोसंग नियालेर हेर्ने गरी देखिंन्छ त्यसैगरी जसै तपाईको गति स्वर्गलोकको गतिको लगभग हुनेछ, नयाँ पिण्डहरू जो तपाईको पहिलेको गतिमा अदृश्य थिए, सबै प्रष्ट देखिंन्छन, स्वर्गलोक प्रष्ट देखिनेछ तर त्यो गति प्राप्त गर्ने प्रबिधि हाम्रो अहिलेसम्मको ज्ञानले दिएको छैन। आजको दिनसम्मको प्रबिधिले त्यो गति दिलाउन सक्दैन।

स्वर्गलोकको गति बराबरको गति प्राप्त गर्न सक्ने बैज्ञानिकहरूको योजना कस्ता छन ?

एउटा प्रगतिशिल पाइलाहरु (progressive stepping) नाम गरिएको सिद्दान्तका अनुसार प्रकाश समान गति(प्रकाश बराबर हैन) प्राप्त गर्न चरणबद्ध तरीका अपनाइनेछ। तपाई सापेक्ष प्रकाशको लगभग गति प्राप्त गर्न पो असम्भव तर त्यही प्रकाशको लगभग गति अन्यको लागि त्यही गति न हुन सक्छ। यसलाई यसरी बुझौ, मानौ तपाईको नजरमा एक बस छ ४० कि. मि प्रति घण्टा र अर्को बस छ ६० कि. मि. / घण्टा। तपाईको नजरमा पो त्यो अर्को बस ६० कि. मि. / घण्टा हो। त्यो पहिलो बसको नजरमा त त्यो अर्को बस ६०-४०=२० km/घण्टा मात्र त हो नी। अब यदि तपाईसंग ६० कि. मि. / घण्टाको रफ्तारको बस भेट्टाउन सक्ने प्रबिधि छैन मात्र अधिकतम ४५ कि. मि. /घण्टाको प्रबिधि छ भने तपाई के गर्न सक्नु हुन्छ भने पहिलो चरणमा तपाईको ४५ कि. मि. प्रतिघण्टाको प्रबिधि प्रयोग गर्नुहोस र पहिलो बसलाई पकड़नुहोस। त्यो बसमा चढ़ी सकेपछि अब फेरी त्यो पहिलो बसबाट तपाईको प्रबिधि प्रयोग गरी दोश्रो बसको लागि उडान गर्नुहोस जुन अब तपाई भन्दा मात्र २० कि. मि. / घण्टाको गतिले कुद्दै छ। यसरी तपाईले चरणवद्ध रुपमा ४५ प्रति घण्टाको प्रबिधि प्रयोग गरी ६० कि. मि. / प्रति घण्टाको बस पकड्न सफल हुनुभयो। यही चरणबद्ध तरीका प्रयोग गरी तपाई प्रकाशको लगभग गति पनि हासिल गर्न सक्नुहुनेछ, स्वर्गलोक जान सक्नुहुनेछ, व्रम्हलोक जान सक्नुहुनेछ। तर दुर्भाग्य, हालसम्म यो मात्र कुरा हो, हालसम्मको प्रबिधिले यो चरणबद्ध तरीकामा पनि हुने अनेकौ बाधाको सामना गर्न सकेको छैन।

आत्मा कसरी स्वर्गलोक, पाताललोक व्रम्हलोकको यात्रा गर्छ?

माथि उल्लेख गरीयो प्रकाश तत्व (plasma) को पिण्ड 0 के. जी. को हुन्छ तर गतिशील शक्ति(kinetic energy)को धनी हुन्छ तसर्थ प्रकाश तत्व (plasma) को गति प्रकाश समान हुन्छ । प्रकाश तत्व (plasma)को पिण्ड 0 के. जी. भएकोले नै प्रकाश तत्व (plasma) लाई प्रकाशको गतिमा प्रबेग दिन अन्य 0 के. जी. हुन्छ धेरै पिण्ड भएकाहरूलाई झै गार्हो हुदैन र शक्ति लाग्दैन। त्यस्तै तपाईको स्थल शरीरको पिण्ड हुन्छ ६० के. जी., ७० के. जी. । तपाईलाई तपाईको स्थल शरीर सहित अन्य लोकमा(स्वर्ग,व्रम्ह, पाताल) आदि लोकमा पठाउन माथि उल्लेख गरिएका सम्पूर्ण भौतिक कठिनाई आई पर्दछ तर तपाईको आत्मा सहित मन, बुद्धि, अहंकारले बनेको सुक्ष्म शरीर अति सुक्ष्म भएकोले सम्पूर्ण पिण्ड लगभग 0 के. जी. (शुन्य भन्दा धेरै नगण्य) नै हुन्छ । 0 के. जी. को पिण्डलाई अन्य लोक स्वर्ग वा अन्यमा धकेल्न अन्य जड़ पिण्डलाई झै गार्हो हुदैन। जीवको कर्म अनुसार प्रकृतिले सहजै सुक्ष्म शरीरलाई लोकादीमा धकेल्छिन र त्यहाँ पुगेपछि त्यहीको वातावरण अनुरूप जीवात्माले स्थल शरीर प्राप्त गर्दछ।

हरे कृष्ण ..

 

YOUR COMMENTS

स्तम्भकार

नाम: वल्लभ चैतन्य दास

Preacher / Writer

Former News Anchor/Reporter at Nepal Television

Former Engineer at Nepal Electricity Authority

M.Sc. (Electrical Engineering), Belarussian State Polytechnical Academy

BSc, (Electrical Power Engineering),  Moscow Power Engineering Institute

MCA,  Sikkiam Manipal IT University