अहिलेको वर्तमान युगमा पश्चिमेलि आयातित सभ्यताको बर्चश्व छ कारण इन्द्रिय तृप्ति। पश्चिमेलि सभ्यताको प्रत्येक कर्मको एउटै अंतिम लक्ष्य हुंछ, इन्द्रिय तृप्ति। चाहे जन्मोत्सव होस वा बिवाहोत्सव होस वा मरणोत्सव वा अन्य कुनैपनि उत्सव किन नहोस, अंतिम लक्ष्य मात्र एक हुंछ, इन्द्रिय तृप्ति।
सनातन धर्मले सृंगारिएको पूर्बीय दर्शनको प्रत्येक कर्म परलोक सम्बन्धित वा भगवत प्राप्ति तर्फ केंद्रित रहेको हुंछ जसका क्रियाकलाप इन्द्रिय तृप्तिन्मुख दर्शनले बुझ्दैन। अंत्येष्टिको समयमा आफ्नो इन्द्रिय तृप्ति हेतु लाश श्रृङ्गार्ने पश्चिमेलि दर्शनले जलिरहेको लाशको खोपड़ी पुत्रद्वारा फोड्नु पर्ने पूर्बीय दर्शनको कपालक्रियाको रहस्य के बुझ्लान? “संस्कारात द्वैज उच्चयते” – अत्तरिय स्मृति १४१ अर्थात “संस्कारादी कर्मपछि मनुष्यको दोश्रो जन्म हुंछ।” को मर्म अनुरूप सनातन धर्मले दिने दोश्रो जन्मका उपनयन, गुरु-दीक्षित आदि संस्कारादी कर्मकांडको अर्थ इन्द्रिय तृप्तिन्मुख दर्शनले बुझ्दैन। भन्नुको मतलब सनातन धर्मले निर्दिष्ट गरेको पूर्बीय दर्शनका प्रत्येक निर्देशन, प्रत्येक क्रियाकलाप परलोक विज्ञानसंग सम्बन्धित हुंछ।
सनातन धर्मले अति दुर्लभ मानिएको मनुष्य शरीर प्राप्त जीवात्माहरूलाई अर्थात मनुष्यहरूलाई पृथ्वीलोकमा केही समय मात्र रहनुको अर्थ श्रीकृष्ण प्राप्तिको लागि नै मात्र हो, न कि इन्द्रिय तृप्तिको लागि हो भनि सचेत गराउदै श्रीकृष्ण सहज प्राप्तिको लागि वर्णाश्रम पद्धतिको बाटो देखाएको छ। चार वर्ण(ब्राह्मण, क्षेत्रिय,बैश्य र शुद्र) र चार आश्रम(ब्रह्मचार्य, गृहस्थ, वानप्रस्थ र सन्यास) को समष्टी स्वरुप नै वर्णाश्रम पद्धति हो।
“चातुर्वण्यं मया सृष्टं गुणकर्मविभागश:।
तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम्।।”
– भगवान श्रीकृष्ण भागवत गीता ४-१३
अर्थात
“ब्राह्मण, क्षेत्रिय, बैश्य र शूद्र का चार वर्ण गुण र कर्मका आधारमा रचित मेरा सृष्टि हूँन। म यी सबैको कर्ता हूँ तर पनि तिमीले मलाई अविनाशी अकर्ता नै ठान।”
भन्नुको मतलब चार वर्ण(ब्राह्मण, क्षेत्रिय, बैश्य र शूद्र ) गुण र कर्मको आधारमा हुंछ न की थर अनुशार। प्रत्येक समाजमा यी चारै वर्ण आवश्यक छन। ब्राह्मण बिनाको समाज शिर बिनाको शरीर सरह हो, क्षेत्रिय बिनाको समाज हाथ बिनाको शरीर सरह हो, बैश्य बिनाको समाज पेट बिनाको शरीर सरह हो भने शुद्र बिनाको समाज खुट्टा बिनाको सरीर सरह हो।
यसैगरी सनातन शास्त्र मनुष्यलाई ज़िन्दगीको प्रत्येक क्षण चार आश्रम(ब्रह्मचार्य, गृहस्थ, वानप्रस्थ र सन्यास)मा रही प्रत्येक क्षण श्रीकृष्ण प्राप्तिको लागि मात्र दत्तचित्त रहन निर्देशन दिन्छ। २५ वर्षको उमेरसम्म मनुष्य ब्रह्मचर्य आश्रममा रही सुयोग्य गुरुको शरण लिई आध्यात्मिक ज्ञान प्राप्त गर्न शास्त्र भंछ। ब्रह्मचर्य पश्चात मनुष्यलाई आफु शुद्ध भैसकेको प्रतित भएमा साधक सोझै सन्यास आश्रममा प्रवेश गर्न सक्दछ नत्र अझै आत्मिय रुपमा शुद्ध हुन बढिमा ५० वर्षको उमेर सम्मको लागि गृहस्थमा प्रवेश गर्न शास्त्र निर्देशन गर्दछ।
यहाँ याद राखनु पर्ने कुरा के छ भने सनातन शास्त्रले गृहस्थ प्रबेश झनै आत्मिय शुद्धिको वृद्धिको लागि हो भनेर भनेको छ, न कि अहिलेको युगमा चलेको चलन झै परिवार/योनानंद प्राप्ति अर्थात समग्रमा इन्द्रिय तृप्तिका लागि। शास्त्रीय निर्देशन अनुशार गृहस्थाश्रममा मनुष्यले इन्द्रिय दमन, मन नियंत्रणको कठोर अभ्यास गर्न सक्दछ। श्रीमती संगै हुंछे तर उचित समय र आवश्यकता अनुसार मात्र यौनानन्दमा लिप्त हुनु, धन हुंछ तर आवश्यकता अनुशार मात्र रसना(भोजन), ध्वनि, घ्राँण(गंध), स्पर्श, रूप तृप्ति गर्नु, माता/पिता/पुत्र/पुत्री/साथी/श्रीमान/श्रीमति आदि संगै हुन्छन तर तिनीहरू प्रति कुनै आशक्ति नराखि सदाचारको पालना गर्नु आदि नियमहरू २५ वर्ष देखि बढिमा ५० वर्ष सम्म पालन गरी आफुलाई शुद्ध बनाउन प्रयासरत रहनु नै गृहस्थाश्रमको मूल उद्देश्य हो। अशुद्ध आत्मा यदि अहमताको आवेगमा गृहस्थ पालन नगरी सोझै सन्यास आश्रम स्वीकार गरेमा कुनै रूपवान स्त्री देख्दैमा वा अन्य कुनै इन्द्रिय तृप्तिको लोभमा पथभ्रष्ट हुने सम्भावना हुंछ तर गृहस्थ नियमानुशार पालना गरिसकेका साधकहरूले यस्ता अवसरहरूको अभ्यास गरिसकेका हुनाले विचलित हुदैनन तसर्थ शास्त्र त्यस्ता अशुद्ध आत्माहरूलाई गृहस्थमा बढिमा २५ वर्ष रही इन्द्रिय दमन र मन नियंत्रणको कठोर साधना गर्न निर्देशन गर्दछ।
गृहस्थाश्रम पश्चातका साधकहरूलाई भने गृहस्थाश्रममा पनि भएका केही दोषहरूका कारण सोझै सन्यास ग्रहण गर्न शास्त्रले निषेध गरेको छ अर्थात गृहस्थाश्रम पछि ५० देखि बढिमा ७५ वर्षको उमेरसम्म साधकले अनिवार्य वानप्रस्थ स्वीकार गर्नु पर्दछ। वानप्रस्थमा साधकले आत्म शुद्धिको लागि बनमा छु भन्ने भान लिई भौतिकता, इन्द्रिय तृप्ति देखि अति टाढ़ा आफ़नो मनलाई राखि पत्नी/पुत्रादिको मदत लिई भगवान श्रीकृष्णको चरणमा आफ्नो मन राखि साधना गर्न शास्त्र निर्देशन गर्दछ।
वानप्रस्थ पछि अर्को आश्रम सन्यास हो। मनुष्यको जन्म नै यही मनुष्य जन्मको अंतिम लक्ष्य सन्यासको लागि भएको शास्त्र भंदछ।
“अन्तकाले च मामेव स्मरन्मुक्त्वा क्लेवरम्।
य: प्रयाति स मद्भावं याति नास्त्यत्र संशय:।।”
– भगवान श्रीकृष्ण गीता ८-५
अर्थात
“मृत्यको अंतिम समयमा जसले मलाई सम्झदै आफ्नो शरीर छोड़दछ त्यसले निश्चय नै मेरो भाव प्राप्त गर्दछ, यसमा कुनै संशय छैन।”
भन्नुको मतलब तपाईको मनुष्य जन्म फलदायी भयो की भएन, यसको अंतिम परीक्षा तपाईको मृत्युको समयमा हुंछ। यदि तपाईले भगवान श्रीकृष्णलाई मृत्युको समयमा “हे मेरो कृष्ण! म तिम्रो शरणमा आउदैछु!!” भनि सम्झन सक्नु भयो भने तपाई परीक्षामा सफल हुनु भयो नत्र तपाईले प्राप्त गरेको यो दुर्लभ मानव शरीर ब्यर्थ गयो।
यही अंतिम परीक्षाको लागि नै तपाईले ब्रह्मचर्य पालन गर्नुभयो, त्यसपछि गृहस्थ, त्यसपछि वानप्रस्थ। यही अंतिम परीक्षाको लागि पालन गरिने अंतिम तैयारी नै सन्यासाश्रम हो। सन्यासाश्रममा श्रीमान/श्रीमती/पुत्र/पूत्री/साथी/धन/मान सबै त्याग गरी मृत्यु न आएसम्म भगवान श्रीकृष्णको चरण कमलमा “त्वम शरणम” अर्थात “तिम्रै शरणमा छु।” भनि साधना गर्न शास्त्र निर्देशन गर्दछ। यसरी हामीले पाएको मनुष्य शरीरको उचित औचित्य शास्त्र व्याख्या गर्दछ।
छोटकरीमा ब्रम्हचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास का चार चरणहरू श्रीकृष्ण प्राप्ति हेतु मनुष्यहरूलाई चरणबद्ध रूपमा लागिपर्न शास्त्रीय सुझावरूपी वैशाखी हो। २५ वर्षसम्मको उमेरसम्मको लागि हुने ब्रम्हचर्याश्रम शास्त्रीय अध्ययनको शिद्धांतमूलक(theoretical) चरण हो जुन समयमा साधकले शास्त्र शैद्धांतिक रुपमा अध्ययन गर्दछ। पश्चात २५ वर्षदेखि ५० वर्षसम्मको गृहस्थाश्रम भनेको ब्रम्हचर्यको समयमा अध्ययन गरेका शास्त्रीय शिद्धांतहरूलाई प्रयोगात्मक रूपमा आफ्नै जीवनमा प्रयोग गरी शास्त्रीय नीति/निर्देशनहरू अध्ययन गरिने प्रयोगमूलक(practical) चरण हो। ग्रहस्थाश्रम पछि साधक अब श्रीकृष्ण प्राप्तिको लागि रणभूमीमा जान लायक भयो। जसरी एक सैनिक वास्तबिक रणभूमीमा जानु अघि केही समय आफुले हालसम्म सैद्धांतिक र प्रयोगात्मक रुपमा अध्ययन गरेका सबै कला-कौशलहरूको अन्तिम तैयारी गर्छ त्यसैगरी “वानप्रस्थ” भनेको श्रीकृष्ण प्राप्तार्थ सन्यासाश्रमको अन्तिम रणभूमीमा जानु अघि आफुले शैद्धांतिक(theoretical) रुपमा ब्रम्हचर्यमा रहदा अध्ययन गरेका र प्रयोगात्मक(practical) रूपमा गृहस्थमा रहदा अध्ययन गरेका समस्त शास्त्रीय मूल्य-मान्यताहरूको अन्तिम तालिम र परीक्षण गर्ने चरण हो भने संयाश्रम भनेको श्रीकृष्ण प्राप्ति गर्ने रणभूमीरूपी मैदान हो जुन अवस्थामा साधकले आफुले हालसम्म अध्ययन गरेका समस्त शास्त्रीय नीति-निर्देशन, मूल्य, मान्यता आदिको प्रयोग गरी मन र शरीर दुवै श्रीकृष्ण-अर्पण गरी भगवान श्रीकृष्णलाई “हे कृष्ण! मलाई तिम्रो सेवा बाहेक केही चाहिदैन।” भन्ने ब्रम्ह उद्धेश्य वास्तबिक प्रमाणित गर्दछ।
तर अहिले के भयो?
अहिले प्रत्येक क्रियाकलापको अंतिम लक्ष्य इन्द्रिय तृप्ति मात्र भयो। बालकको जन्म भएमा गरिने उत्सव, बिवाह आदि समारोहमा गरीने उत्सव आफ्नो धन र वैभवको रवाफ देखाउन केंद्रित भयो, त्यस्ता उत्सवमा गरिने भोज नै उत्सवको केंद्रबिंदु भयो भने ब्राह्मणले त्यस्तो अवसरमा पढ़ने वैदिक मंत्र मात्र एक ब्यबहार । २५ वर्षको उमेरसम्म मै ब्रह्मचर्य आश्रम मार्फत सम्पूर्ण आध्यात्मिक ज्ञान हासिल गरी सक्नु पर्नेमा समाजमा “यतिसानो उमेरमा पनि धर्म कर्म?” भन्ने पाखण्ड चल्यो अनि ८० वर्षको बुढालाई पनि भौतिकतामा लिप्त देखियो। सम्पूर्ण जीवनको लक्ष्य श्रीकृष्ण प्राप्ति भन्ने शास्त्रीय निर्देशन त कता गयो कता, ईश्वरको नाम नलिई शपथ लिदा राष्ट्र प्रमुखले आफुलाई आधुनिक र सभ्य ठान्यो भने मूर्ख जनता त्यस्ता नास्तिकहरूलाई आफुमाथि शासन गराउन पाउँदा दंग परे। बिवाह गर्नु त एक de facto standard भयो अर्थात एक सक्षम स्त्री/पुरूष बिवाह नगरी बस्नु त अनौठो भयो। बिवाह मात्र रूप/वैभवमा सीमित भयो। बिवाहपरांत स्त्री/पुरुष यौनानन्दमा लिप्त हुनु, नाशवान पुत्र/पूत्रीको झूठा ममतामा चुर्लुम्म डुबेर आशक्त रहुनु, जसरी हुंछ जति सुकै धेरै धन संकलन गर्नु, अन्य आफुभंदा भौतिकरुपमा सफल भएकाहरूलाई हेरी ईर्ष्यामा डुबेर गधा झै मेहनत गर्नु र यस्ता भौतिक सुख प्राप्त हेतु गधा झै दिनरात मेहनत गर्नेलाई अझ उक्साउने रजो गुणी आफन्त स्त्रीहरूको उक्साहटमा लागि मदारीको बाँदर झै झनै नाच्नु आदि जस्ता कार्यहरू आजकाल पुरुषार्थ भएका छन।
वानप्रस्थ र सन्यासको त कसैलाई नामै थाहा भएन। कपाल फुल्नु, विभिन्न रोगादीले समात्नु आदि मृत्यु नजिक पुगिसकेको संकेतहरू त झूठो रवाफ र ईज्जत पाउने साधन भए। ज़िन्दगी भर जोतेको बुढ़ो गोरूलाई गरिएको तिरस्कार झै मृत्यु शैयामा आफ्नै आफन्तहरूबाट हेपिएको जग जाहेर देख्दा देख्दै ‘म चाही हेपिन्न!’ भन्ने भ्रममा ढुक्क हुन थाले। । सन्यास आश्रमको नाशवान श्रीमती/पुत्र/पुत्रादी आदिको मोहबाट टाढ़ा रहनु भन्ने निर्देशन त कता हो कता, आजकलका बुढ़ाहरूले बादर्नीले बच्चो च्यापे भंदा बढि नाती/नातिना च्याप्नु नै एकमात्र अक्षुण्ण चलन बन्यो। मृत्युको समयमा भगवानलाई सम्झनु त गाऊँ खाने कथा भयो, ‘हे मेरो छोरा, मेरो श्रीमति!!!’ भंदै घिर-घिर आवाज़ निकाल्दै गु-द्वारबाट मल त्याग गर्दै अति बेदनामा खरबौ वर्षपछि भगवान श्रीकृष्णबाट दया गरी दिईएको यो दुर्लभ मानव शरीर औचित्यहीन रुपमा तिरस्कार गर्दै अन्त्य गर्नु नै आजको चलन भयो।
हरे कृष्ण
                          
                        
                        
                        
                        
                        

                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                              
                       
YOUR COMMENTS