वैदिक विज्ञानमा विमान

       
  

संस्कृत भाषा साहित्य र वैदिक विज्ञान आजको अवस्थामा करिव करिव लोपभैसकेको र उपलब्ध ठाउमा समेत केवल आख्ययिका वा मिथकको रुपमा मात्र रहेको देकिन्छ | अझै बिशेस गरि नेपालको परिबेशमा कुरा गर्दा त वैदिक बिज्ञान लाई केवल ब्याकरण , कर्मकाण्ड र फलादेश ज्योतिषको रुपमा मात्र सिमित गरि बुझ्ने प्रचलन छ | वैदिक वांगमयमा वर्णित अन्य बिषय हरुको सम्बन्धमा या त हामीलाई ज्ञाननै छैन वा त हामी यस सम्बन्धमा बुझ्ने चेस्टा नै गरि राखेका छैनौ |
अब उदहारणको रुपमा विमानको बिषय लाइ नै लिउँ | विमानका सम्बन्धमा मुख्यतः वैदिक विज्ञानमा ७ ग्रन्थ हरु प्रख्यात छन् : १ महर्षि भारद्वाज रचयित यन्त्रसर्वस्वोम , २ नारायण मुनि को विमानचन्द्रिका , ३ शैनिक ऋषिको व्योमयानतन्त्रम , ४ गर्ग मुनिको यन्त्रकल्पम , ५ वाचस्पति को यानबिन्दु , ६ चाक्रायाण रचित खेटयानप्रदिपिका र ७ दृष्टिनाथ द्वारा रचित व्योमयानार्क प्रकाश: |
यिनै वैदिक ग्रन्थ अनुसार सत्य , त्रेता , द्वापर , कलि गरि चार युग छन् | यी चार युगमा उड्ने विमान हरु पनि युगको भिन्नता अनुरुप भिन्न भिन्न रहेका छन् | यी चार युगमा उड्ने विमान हरुको भिन्नताका बारेमा बृहद विमानशास्त्रको जात्यधिकरणम प्रकरणको अध्याय २ को सुत्र १ मा येसप्रकार बताइएको छ : जातित्रैविध्यं युगभेदाद विमनानम |
विमानको परिकल्पना वा उपयोग त्रेतायुग देखि मात्र आयको हो | किनभने सत्ययुगमा धर्म चतुश्पद हुन्छ | अर्थात् सत्ययुगमा ब्यक्ति हरुले धर्मका चारै नियम दया, सत्यता, पवित्रता तथा तपस्या लाई पूर्ण रुपमा पालन गर्ने हुनाले कुनै मन्त्र, योग आदि अनुष्ठान एवं धर्म प्रभावबाट व्यक्तिहरु पूर्ण ज्ञानवान तथा सिद्ध हुन्थे | अणिमा , लगिमा आदि अष्टसिद्धि पनि सिद्धपुरुषहरु लाइ स्वत प्राप्त थियो | त्यसै कारणले सत्ययुगिन धर्मात्मा ब्यक्तिहरु वायुवेगका साथ बिना अबरोध आकाशगमन गर्न सक्दथे |
जब त्रेता युग आयो , धर्म चतुश्पद बाट त्रिपाद हुन लाग्यो | धर्मको ह्रास हुनाले मनुष्यहरुमा बुद्धिमन्दता हुन लाग्यो | वेदतत्वार्थनिर्णय एवं अणिमा , लगीमा आदि अष्टसिद्धि विस्तारै मलीन हुन लागे | त्यसैले दक्षिणामुर्ति भगवान श्री हरिले जिव माथी दया गरि मन्त्रशक्ति रुपी आशिर्वाद दिनुभयो |
त्यहि मन्त्रशक्तिको प्रभाव ले त्रेतायुगमा मान्त्रिक विमान हरु बने | रावण, कुबेर आदि का जो विमान आदिका प्रसंग इतिहास तथा पुराणमा आउछन ति सबै मान्त्रिक विमान हरु हुन् | त्रेता युगको समयमा पुष्पक, अजमुख, भ्राज, स्वज्योतिर्मुख, कौशिक, भिष्म, शेष, वज्रांग, दैवत, ज्वल, कोलाहल, आचिर्ष, भुष्णु, सोमांक, पंचावार्ण, षण्मुख, पंचवाण, मयुर, शंकर, त्रिपुर, वसुहार, पंचानन, आम्बरिय, त्रिणेत्र र भेरुन्द गरि २५ प्रकारका विमान हरु प्रयोगमा आयको कुरा उपरोक्त सात ग्रन्थमा उल्लेख गरेको पाइन्छ | मान्त्रिक युगिन पहिलो तथा उत्कृष्ट विमानको रुपमा पुष्पक लाइ लिइन्छ |
त्रेता युग पश्चात द्वापरमा धर्म द्विपद भयो र मन्त्रशक्तिमा पनि ह्रास आउन लाग्यो | त्यसैले द्वापरयुग भगवान कृपाले तन्त्र प्रधान रहन गयो | युग तन्त्रप्रधान भयको प्रभावले द्वापर युगमा जति पनि विमान प्रचलनमा आय ति सबै विमान हरु तान्त्रिक शक्ति द्वारा संचालित हुने भए | वैदिक ग्रन्थमा भैरव, नन्दक, वटुक, विरिंचिक, तुम्बर, वैनतेय, भेरुन्द, मकरध्वोज, शेषासय, प्रथम, चम्पक, द्रौनिक, ककुभ, कालभैराभ, कमुद, शुरसेन, विरबाहू, गण्डक, चुम्बक, नलिक, पारियात्र, मृद, महानट, दम्भोली, कामपाल, मयुर, जम्बुक, गिरिश आदि ५६ प्रकारका तान्त्रिक विमान हरुको उल्लेख पाइन्छ |
यसै गरि कलियुग धर्म केवल एकपद भयका कारण मनुष्य हरु मन्दबुद्धि तथा कमजोर स्मृतिका भएकाछन | त्यसकारण कलियुगमा खनिज तथा बाष्प द्वारा बिमान संचालित हुने कुरा वैदिक ग्रन्थ हरुले उल्लेख गरेका छन् | खनिज तथा बाष्प द्वारा संचालित हुने विमान हरुको नाम उपरोक्त ग्रन्थ हरुमा कृतक भने उल्लेख गरियको छ | कृतक विमान हरुको संख्या यसको उपयोगिता र क्षमता अनुसार २५ पुग्ने कुराको भविष्यवाणी गरियको छ | शौनक सुत्र अनुसार शकुन, सुन्दर, रुक्म, मण्डल, वक्रतुंड, भद्रक, रुचक, वैराज, भास्कर, गज, आवर्त, पुष्कल, विरिंची, नन्दक, कुमुद, मंदर, हंस, शुकस्य, सोम, क्रौन्चक, पद्मक, सैन्हिक, पंचबाण, और्यायण, पुष्कर/कोदंड नाम गरेका विभिन्न क्षमता, सुबिधा तथा उपयोगिताले सज्जित विमानहरू कालिकालमा सन्चालनमा आउनेछन |
यत्तिका धेरै विमान को निर्माण र नाम छन् भनेपछि वैदिककालिन गतिशिलता, प्रगति र बैज्ञानिक चिन्तनको प्रचुर्यता आफैमा कति गहन छ भन्ने आकलन मात्र गर्न सक्छौ | केवल विमान सम्बन्धमा मात्र यत्तिका बिषय र ग्रन्थहरु समावेश छन् भने वैदिक शास्त्र हरुलाई केवल कर्मकाण्ड, फलादेश र व्याकरण मा मात्र सिमित राखिनुले हामी कति निम्न चेतन आवस्थामा छौ भन्ने कुरा स्वत बुझ्न सक्छौ | कर्मकाण्ड, फलादेश र व्याकरण वैदिक विज्ञान का महत्वपूर्ण शाखा हरु हुन् तर यी नै सम्पूर्ण बेद हैनन् भन्ने कुरा सबैले बुझ्नु र बुझाउनु नितान्त आवश्यक छ |

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद श्रीवास कृष्ण दास ब्रह्मचारी

प्रचारक, लेखक, अनुशन्धानकर्ता
सस्थापक / कुलपति : Jagannath Foundation , Sri Rupanuga Para Vidyapeeth
सस्थापक : Jagannath Foods and Beverage Industries , Green Smile Store