भगवान श्रीराम, अयोध्या र ओली

       
  

श्रीराम, अयोध्या, बुद्ध, कपिलवस्तु, ओली र मोदी | यी अहिले नेपालीभाषाका व्यपाक प्रयोग हुने शब्दावलिको अग्र स्थान ओगट्न सफल पदहरु हुन् | बिषय, प्रसंग र सम्बन्धमा तारतम्य “अर्थ न वर्थ गोविन्द गाई” युक्त यी शब्द प्रयोगमा भन्दा पनि एक आपसमा सम्बन्धित भएर प्रयोगमा आएकोले शब्दको गम्भीर्यता अलि बढेको हो | भगवान रामचन्द्र बैदिक सनातन धर्मावलम्बीका आस्थाका केन्द्र अनि अयोध्या राम जन्मभूमि | ओली नेपालका सम्माननीय प्रधानमन्त्री, एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टीका प्रथम अध्यक्ष्य जो धर्म, इश्वोर, रामायण, महाभारत, पुराण, संस्कार अनि संस्कृति, वैदिक धर्म ग्रन्थ र सभ्यता लाइ मिथ्या, अफीम, सामन्ती सोचको घोतक मानि इश्वोर छन् भने कार्ल मार्क्स हुन् भन्ने व्यक्ति र होलि वाइन आदि जस्ता विवादमा मिसिएर बैदिक सनातन धर्मावलम्बीको आस्थामाथि प्रहार गरिसकेका व्यक्ति | मोदी हाम्रा छिमेकि देश भारतका प्रधानमन्त्री जो बोलीमा छिमेकी पहिलो भन्छन्, ब्यबहारमा अंग्रेजकालिन विस्तारबादको अभिछिन्न उत्तराधिकारीको रुपमा प्रस्तुत हुन्छन, नेपाल आउदा बुद्धलाई नेपालि भन्छन, बाकि विश्वलाई बुद्धत्वोमा आफ्नो कपिराइट सुनाउदै हिड्छन् | ओली र मोदी सम्बन्धको छुटाउन नहुने प्रसंग भने जनकपुर (सीता को जन्म घर) को चावी केहि समय अगाडी मोदीलाई ओलीजीले बुझाउनु भयो भनेर संचारमाध्यममा पढेको सुनेको हो |

अहिले रामजन्म स्थान सम्बन्धमा जो विवाद देखिएको छ, जुन प्रमाण लीइएको छ र जुन स्तरबाट बिबाद निम्त्याएको छ त्यो त्यति तारतम्य मिल्दो देखीएको छैन | रामको अस्तित्व र जीवनको व्याख्या गर्ने ऐतिहासिक-धार्मिक ग्रन्थ भनेको रामायण नै हो | रामायण बिना रामको अस्तित्वो छैन | धर्म ग्रन्थ को प्रमाण अनुसार रामायणको इतिहास लाखौ बर्ष पुरानो भए पनि लिखित रामायणको प्राचिन प्रति भने छैटौ शताब्दी पुरानो सम्म भेटिएको र Asistic Society Library मा सुरछित रहेको छ | सोहि प्राचिन रामायणको आधारमा सन् १८९६ र १९२८ मा प्रकाशित बाल्मिकी रामायणको बाल काण्डको २१औ सर्गबाट बिश्वोमित्र संग राम र लक्षुमणको यात्रा सुरु भै सारा भूगोलको बर्णन गर्दै ५०औ सर्गमा जनकपुर प्रवेशको प्रसंग संगै ६८औ सर्गको प्रथम श्लोकमा पुगेर जनकले जन्ती लिन सैनिक पठायको प्रसंग ब्याख्या गरिएको छ |

जनकेन समादिष्टा दुतास्ते क्लान्त्वाहना | त्रिरात्रमुषीता मार्गे तेयोध्या प्रविशन्पूरिम | १ |

सैनिक द्रुत गतिका बहानामा यात्रा गरेर जनकपुर बाट अयोध्या पुग्न ३ दिन\रात लागेको उल्लेख गरिएको छ भने जन्ती अयोध्या बाट जनकपुर प्रस्थान गर्दा ४ दिन लागेको प्रसंग सोहि सर्गको अन्तिम श्लोकमा “गत्वा चतुरहं मार्ग विदेहानभ्यूपेयिवान” भनि उल्लेख गरिएको छ |

अयोध्या कोशल राज्यको राजधानी भयको र काशी, विदेह(मिथिला), कण्ड, पांचाल, मगध, कामपिल्य, मलल आदि राज्य यसका छिमेकि राज्यको रुपमा उल्लेख गरिएको छ | राम लक्ष्मण र बिश्वोमित्र को यात्रावर्णन अयोध्याबाट छ कोश टाढा सरयूको दक्षिण किनारमा बास बसेका तथ्यबाट सुरु भइ (बालकाण्ड, सर्ग २२, श्लोक ११) सरयू नतरिकान दक्षिण किनारबाट सरयू र भागीरथी गंगाको संगमसम्म पुगेका थिए।

ऋषि विश्वामित्रले सरयू नदीको उद्गमस्थल र त्यसको किनारमा अवस्थित अयोध्याको भूगोल राम र लक्ष्मणलाई सुनाएको प्रसंग रामायणमा वर्णन छ। कैलास पर्वत र मानस सरोवर अनि सरयू प्रसंग र अयोध्या सम्बन्ध हुदै सरयू नदी जाह्नवी गंगामा मिसिएको भौगोलीक बर्णन (बालकाण्ड, सर्ग २४, श्लोक ८-१०)। सरयू र गंगाको संगमभन्दा पश्चितर्फबाट अर्थात् गंगामा सरयू मिसिनुभन्दा पहिले राम, लक्ष्मण र विश्वामित्रले डुंगाबाट गंगा तरेर दक्षिणतर्फ मदल र करूष नाम गरेका जनपद पुगेको भनिएको छ। त्यसपछि उनीहरू ऋषिहरूका आश्रम रहेको सिद्धाश्रम पुगेका थिए। विश्वामित्रले त्यस आश्रममा छ दिनको यज्ञको अनुष्ठान सम्पन्न गरेका थिए। त्यस यज्ञमा व्यवधान गर्न आएका सुबाहुसहितका राक्षसको रामले वध गरेका थिए भने मारीच रामको वाणबाट प्रताडित भएर दक्षिणतर्फ समुद्रको तटमा पुगेको थियो।

यज्ञको अनुष्ठान सम्पन्न गरी राम र लक्ष्मणलाई साथमा लिएर विश्वामित्र सिद्धाश्रमबाट मिथिलाका लागि प्रस्थान गरेका थिए। मिथिला यात्राक्रममा उनीहरू सर्वप्रथम शोणभद्र नदीको तटमा पुगेका थिए। शोणभद्रको तटमा अवस्थित प्रदेशमा पहिले आफ्ना पूर्वजहरूले शासन गरेको इतिहास र आफु पनि ऋषि हुनुभन्दा पहिले त्यस राज्यका राजा भएको प्रसंग बाट सुरु भइ त्यहि एक दिन बास बसी अर्को दिन गंगाको तटतर्फ हुदै गंगा तरेर उत्तरतर्फ लागेका थिए (बालकाण्ड, सर्ग ४५, श्लोक ९)। त्यसपछि उनीहरू विशाला पुरीमा पुगी त्यस नगरका तत्कालीन राजा सुमतिको आतिथ्य स्वीकार गरी एक रात त्यहाँ विश्राम गरेर अर्को दिन मिथिलातर्फ प्रस्थान गरेका थिए (बालकाण्ड, सर्ग ४८, श्लोक ९)।

कौशिकी (कोशी) नदी उनीहरूको यात्रा मार्गको पूर्वतर्फ रहेको थियो। यसै यात्रामा विश्वामित्रले पुण्यसलिला दिव्य नदी कौशिकी (कोशी) को तटमा हिमालयको नजिक आफ्नो निवास आश्रम रहेको राम र लक्ष्मणलाई सुनाएका थिए (बालकाण्ड, सर्ग ३४, श्लोक १०)। उनीहरू विशालाबाट प्रस्थान गरेर सोही दिन मिथिला राज्यको वनमा अवस्थित गौतम ऋषिको आश्रममा पुगेका थिए। त्यस आश्रममा रामको दर्शन प्राप्त गरी गौतम पत्नी अहल्या श्रापमुक्त भएकी थिइन्।

यता वनवासका क्रममा राम अयोध्याबाट दक्षिणपश्चितर्फ लागेका थिए। रथमा प्रस्थान गरेका राम पहिलो दिन तमसा नदीको तटमा पुगेर विश्राम गरेका थिए। दोस्रो दिन रामको साथमा गएका पुरवासीलाई सुतिरहेको अवस्थामा छाडेर तमसा नदी तरेर दक्षिणतर्फ गएका थिए। गोमती र स्यन्दिका नदी तरेर कोसल राज्यको सीमा पार गरी सोही दिन गंगाको तटमा अवस्थित श्रृङ्गवेरपुर निषाद राज्य पुगेका थिए। निषाद राजा गुहकोमा दोस्रो रात बिताएर रथ फिर्ता गरी तेस्रो दिन गंगा तरेर वत्सदेशमा प्रवेश गरेका थिए। त्यसपछि एक रात जंगलमा रूखमुनि बिताएर अर्को दिन लक्ष्मण र सीतासहित राम गंगा र यमुनाको संगम प्रयागमा रहेको भारद्वाजको आश्रममा पुगी एक रात विश्राम गरेका थिए। प्रयागबाट भारद्वाजले बताएको मार्ग अनुसरण गरी उनीहरू यमुना नदी तरेर चित्रकूट पर्वततर्फ लागेका थिए।

साथै सोहि ग्रन्थको उत्तराखण्ड ४६ सर्गमा लक्ष्मणले सीतालाई बनमा छाडेको प्रसंग उल्लेख छ जसमा २ दिन सम्म उनीहरुले गरेको यात्रा वर्णन छ | यी सबै शास्त्रोक्त प्रमाणलाइ पन्छाएर, खोज, अनुसन्धान र उत्खनन छोडेर “उत्खनन् गर्ने भन्दापनि शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने” भन्नु भनेको मर्यादित सस्थाको प्रतिनिधित्वो गर्ने ब्यक्ति बाट भएको औधिनै अमर्यादित कार्य हो | कुन शास्त्रीय प्रमाणको कुरो गरेको ? राम र अयोध्या सम्बन्धमा रामायण भन्दा ठुलो अरु केहि प्रमाण हुन सक्छ ? ठोरीको बाल्मिकी आश्रम, जनकपुर र लव कुश जन्म स्थान रामायण कै प्रमाण मानेर स्थापित छन्, तिनको समरक्षण र सम्बर्धनको ध्यान खै ? रामानुज आचार्य, आध्य शंकारचार्य, तुलसी दाश, श्रीपाद मध्वोचार्य  आदिले १०००औ बर्ष (हालको भारत-नेपाल बन्नु भन्दा धेरै अगाडी) पहिले चारधाम, १०८ दिब्य्देश, मुक्तिनाथ, पशुपतिनाथ, अयोध्या, मथुरा आदि भ्रमण गरि तिनको व्यख्या आफ्ना अनेक ग्रन्थमा गरेको ऐतिहासिक र भौगोलिकताको प्रमाणलाइ लत्याएर कुन प्रमाणलाइ आधार मान्ने त ?

जहासम्म नामको कुरो छ थाइलेडंको राजधानी बाट ८० किमि पर अयोध्या रहेको छ भने त्यहाका राजपरिवारले आफुलाई राम का सन्तान मान्छन, पाकिस्तान देरास्मिल नजिकै पनि अयोध्या भन्ने स्थान र राम जन्म भुमि को विवाद रहेको छ | यस्ता अयोध्या नाम भएका अनेकौ स्थान छन्, तर हामीले ऐतिहासिक र शास्त्रीय प्रमाण हेर्ने हो न कि राहुल सान्क्रित्यान, कमलेश्वोर, देबी प्र. चटोपाध्याय, रोमला थापर आदि जस्ता नास्तिक-वेद बिरोधिले आफ्नो अभिष्ट पूर्ति हेतु लेखेका पुस्तक वा कसैको राजनैतिक अभिस्ट पूर्ति गर्ने हेतुले बोलिएका लहै लहै कुराहरु |

अन्तमा जीवनभर नास्तिकतामा रमेका नेपालि साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटा मृत्यु शैयामा पुगेपछि “आखिर उनै श्रीकृष्ण रहेछन एक” भन्ने निष्कर्षमा पुगेका थिय | हाम्रा सम्माननीय प्रधानमन्त्री पनि जीवनको उत्तरार्धमा आएर बिचलन र असत्को मार्ग त्यागेर राम नाम सत्य हो भन्ने निष्कर्षमा पुगी राम मन्दिरको निर्माण गर्ने दृढ संकल्पमा पुग्नु भनेको हो भने हामी बैदिक सनातनी हरुलाई गर्वको कुरो हो | राम मन्दिर निर्माणमा मेरो पुरा पुरा साथ सहयोग र समर्थन रहनेछ | भगवान पशुपतिनाथले उहालाई सुस्वास्थ्य, दिर्घायुका साथ साथै अब वैदिक राज्य नीति आत्मासाथ गर्ने सत्बुद्धि प्रदान गरुन | हरि ओम तत् सत् |

 

श्रीमद्भगवद् गीताको दैनिक १-१ श्लोक माथिको विवेचनात्मक प्रस्तुति प्राप्त गर्न हामीलाई याहाँ subscribe गर्नु होला | Hare Krishna #Bhagavad_Gita_Nepali

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद श्रीवास कृष्ण दास ब्रह्मचारी

 

प्रचारक, लेखक, अनुशन्धानकर्ता

सस्थापक / कुलपति : Jagannath Foundation , Sri Rupanuga Para Vidyapeeth 

सस्थापक : Jagannath Foods and Beverage Industries , Green Smile Store